कैलाली । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ ।सोमबार रातीको आठ बजेर १० मिनेटतिर समयमा घरमै बसीरहेको बेला दुई मोटरसाईकलमा आएका चार जनाले चौधरीमाथि गोली प्रहार गरेका थिए ।
सुखड प्रहरी कार्यालयका अनुसार अज्ञात समुहले नगर प्रमुख चौधरीको कम्मर मुनि गोली र टाउ“कोमा खुकुरी प्रहार गरेका थिए । उनको अवस्था अहिले गम्भिर रहेको छ । उनलाई घोडाघोडी अस्पतालमा प्राथमिक उपचार गरेपछि कोहलपुर अस्पतालमा रिफर गरिएको छ ।
चौधरीमाथि प्रहार गरेपछि दुई जना मोटरसाईकलमा र दुई जना नगर प्रमुख घरबाट पश्चिमतर्फ रहेको जंगल तिर फरार भएका थिए । से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ । सो मोटरसाईकलमा आक्रमणकारी आएका थिए ।
चौधरीको घरभन्दा ३० मिटर दुरीमा रहेको रामबहादुर महराले आक्रमण हुन थालेपछि नगर प्रमुख चौधरीले बचाउ भनेको सुनेर घरमा पुगेको र आक्रमणकारी भागेको बताए । महरालेनै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा मोटरसाईकलमा राखेर पुर्याएका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झा“क्री रामबहादुर चौधरीले दुव्र्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि उनी विवादित बनेका थिए ।
मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीहरुलाई प्रहरीबाट छुटाउन खोजेका थिए । सेक्रेटरी ईन्चार्ज महानको हष्ताक्षरमा सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको माओवादी विज्ञप्ती जारी गरेको थियो ।