बनेपामा एभरेष्टको शाखा

बनेपा । एभरेष्ट बैंकले बनेपामा शाखा स्थापना गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले सोमबार संयुक्त रुपमा शाखा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, वाणिज्य संघका स्थानीय पदाधिकारीहरु, काठमाण्डौ विश्वबिद्यालय तथा धुलिखेल अस्पतालका वरिष्ठ पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो ।

एभरेष्ट बैंकले मुलुकको विभिन्न स्थानमा ७० शाखाबाट बैंकिङ कारोबार सेवा गर्दै आएको छ । ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत सेवा प्रवाह गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…