मेयर चौधरीलाई हामीले आक्रमण गरेका होईनौंः विप्लव

भिम चौधरी

कैलाली । विप्लव नेतृत्वको नेकपा माओवादीले घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीमाथि भएको आक्रमण आफुहरु संलग्न नभएको जनाएको छ ।

‘चौधरीमाथि भएको गोली एंव खुकुरी प्रहार घटना सुनियोजित हो’ जनता समाचारसँग टेलिफोनमा कुरा गर्दै उक्त पार्टीको जिल्ला सचिवालय सदस्य विनोद विष्टले भने, ‘‘हाम्रो पार्टी अहिले हतियार उठाएर जनकारबाही गर्ने पक्षमा छैन् ।’ उनले भने, अहिले पार्टीले कालोमोसो दल्ने, जनसहभागितामा भ्रष्टाचारीलाई कारबाही गर्ने लगायतका काम गरिरहेको छ । पार्टीले हतियार उठाएर कसैमाथि आक्रमण गर्ने कार्यक्रम नरहेको उनले बताए ।

आफ्नो पार्टीले मेयर चौधरीलाई कारबाही गर्ने भनेर विज्ञप्ती जारी गरेको भएपनि पार्टीको जनकारबाहीमा हतियार प्रयोग गरि आक्रमण योजना नरहेको उनले प्रष्ट पारे ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले विप्लव नेतृत्वको माओवादीका तीन जना कार्यकर्तालाई पक्राउ गरी सोधपुछका लागि ईलाका प्रहरी कार्यालय सुखडमा राखेको छ ।

प्रहरीले राती घरमा सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिएको छ ।

पार्टीले कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउँदै पक्राउ परेका सबैलाई विना सर्त रिहाई गर्नुपर्ने, घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेको छ । यस्तै राती घरमा सुतिरहेको अवस्थामा प्रहरीले बिना प्रमाण पक्राउ गरी मानवअधिकारको हनन भएको भन्दै मानव अधिकार वादीले पनि दबाब दिनुपर्ने बताएको छ ।

कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरीको चोट लागेका घाइते चौधरीलाइ कोहोलपुरबाट सेनाको हेलिकोप्टरमा थप उपचारका लागि काठमाडौं लगिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान अर्थमन्त्रीको साथ आधिबाटोसम मात्रै पाउने भएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल तय…

काठमाडौं । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको…

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…