राष्ट्रपतिमा फेरि भण्डारी

भण्डारीलाई २९,२७५ र रार्इलार्इ ११, ७३० मत प्राप्त

राधिका जाेशी

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिनु भएको छ । राष्ट्रपतिको लागि मंगलबार भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।

वाम गठबन्धनबाट उम्मेदवार बन्नु भएकी भण्डारीलाई २९ हजार २ सय ७५ मत प्राप्त भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएकी कुमारीलक्षमी राईले ११ हजार ७ सय ३० पाउनु भयो ।

निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले मतदान गरेका थिए । राष्ट्रियसभाका ५९, प्रतिनिधिसभाका २ सय ७५ र प्रदेशसभाका ५ सय ५० गरी कुल ८ सय ८४ जनाले राष्ट्रपति छानेका हुन् । यी मध्ये केन्द्र र प्रदेशका सांसदहरुको मतभार फरक–फरक थियो ।

नेकपा एमालेको तत्कालीन उपाध्यक्ष भण्डारी २०७२ साल कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बन्नु भएको थियो ।
२०१८ साल असार ५ गते भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा जन्मिएकी भण्डारी विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुभयो ।

भण्डारी २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित हुनु भएको थियो । विद्यार्थी राजनीतिबाट पार्टीको समेत जिम्मेवारी लिएपछि उहाँले केही वर्ष भूमिगत जीवन समेत बिताउनु भयो । उहाँको भूमिगत अवस्थामै २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग विवाह भयो । विवाहपछि उहाँ २ सन्तानको आमा बन्नु भयो र त्यसपछि केही वर्ष गृहणी जीवन बिताउनु भयो ।

२०५० साल जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा पति जननेता मदन भण्डारीको रहस्यमय दुर्घटनापछि पार्टीले उहाँलाई पुन राजनीति सक्रिय बनायो । मदन भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौ क्षेत्र १ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई करिब ७ सय मतअन्तरले पराजित गरेर चर्चामा आउनु भएको थियो ।

मदनको निधनपछि काठमाडौं १ मा उपनिर्वाचन भयो । त्यो निर्वाचनमा एमालेले विद्यालाई उम्मेदवार बनायो । चुनाव प्रचारप्रसारमा सेतो सारीमै डुलाइयो । त्यो बेला पनि कांग्रेसबाट कृष्णप्रसाद भट्टराई नै उम्मेदवार बन्नु भएको थियो ।

कांग्रेस नेता भट्टराइलार्ई विद्याले मदनको भन्दा अझ बढी मतअन्तरले पराजित गर्नु भएको भट्टराईलाई मदनले करिब ७ सय मत अन्तरले पराजित गर्नु भएको थियो, विद्याले करिब ११ सय मत अन्तरले पराजित गर्नु भएको थियो ।

त्यसपछि उहाँले राजनीतिक सक्रियता बढाउन थाल्नु भयो । उहाँले लामो समय एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी समाल्नु भएको थियो । २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैठौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्य बन्नु भयो ।

आठौं नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभयो । गणतन्त्र आएपछि रक्षामन्त्री बन्नु भयो । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उहाँ समानुपातिकबाट सभासद हुनु भएको थियो । त्यसपछि राष्ट्रपति बन्नु भयो ।

भोजपुरकै बेहेरेश्वर प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गर्नु भएकी भण्डारीले भोजपुर बाटै एस एल सी उत्तिर्ण गर्नुभयो । भोजपुरमा बाट आइ ए को अध्ययन पुरा गरी महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बि.ए.उत्तीर्ण गर्नु भएको छ ।

संसदीय राजनीतिमा होमिएको २२ वर्षमा नै राष्ट्रपति बन्न सफल हुनु भएकी भण्डारीले अझै कम्तीमा ५ वर्ष मुलुकमा राष्ट्रनायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…