मनाङ मस्र्याङ्दी क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३ –० ले पराजित गर्दै मनाङ मस्र्याङदी तिलोत्तमा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको हो ।

बुटवलस्थित एन्फा एकेडेमीको मैदानमा भएको खेलमा मनाङका लागि बिशाल राईले दुइ तथा र भिक्टरले १ गोल गरे । खेलको ४०औं मिनेटमा बिशालको गोलबाट अग्रता लिएको मनाङले ९० औं मिनेटमा बिशालको दोस्रो गोलबाट अग्रता दोब्बर बनायो ।

इन्जुरी समयमा मनाङका भिक्टरले गोल गरेपछि मनाङ तीन शुन्यको सहज जीतसहित अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । झापा गोल्डकपको उपाधी उचाले लगत्तै बुटवल पुगेको आर्मी क्वाटरफाइनलबाट बाहिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…