विमान दुर्घटनाः मृतक पहिचान गर्न कठीन, आफन्तले शव बुझ्न ५ दिन कुर्नुपर्ने

काठमाडौ । एयर बंगला दूर्घटनामा मृत्यू भएका अधिकांश यात्रुहरुको शरीर जलेकाले शव पहिचानमा कठिनाइ भएको छ । पोष्टमार्टममै अझै ५ दिन लाग्ने भएपछि मृतकका आफन्तले शव बुझ्न भन्डै एक हप्ता कुर्नुपर्ने भएको छ ।

सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको एयर बंगलामा ज्यान गुमाएका आफन्तको शव लिन ४१ जना बंगलादेशी  नागरिक मंगलबार नेपाल आइपुगे । पराई मुलुकमा आफन्तले ज्यान गुमाएको पीडालाइ सम्हाल्दै उनीहरु बंगलादेशी दूतावासको सहयोगमा त्रिवि शिक्षण अस्पताल पुगे । तर, अस्पतालको प्रक्रिया पुर्याएर शव लिन हप्तौँ लाग्ने भएपछि उनीहरुको पीडामा निरासा समेत थपिएको छ ।

यता, दुर्घटनाको समाचार पाएदेखि नै अस्पताल परिसरमा आफन्तको शवको पर्खाइमा बसेका नेपाली मृतकका आफन्तको पर्खाइको ब्यग्रता पनि सहिनसक्नु नै छ ।

त्रिबि शिक्षण अस्पतालले अधिकांश मृतकहरुको शरीरका विभिन्न भाग जलेकाले शव पहिचानमा कठिनाइ भइरहेको र पोष्टमार्टमकै लागि झै ४÷५ दिन लाग्ने जनाएको छ । अहिलेसम्म जम्मा ११ वटा शवको पोष्टमार्टम गरिएको छ । पोस्टमार्टम गरिएका शव कुन देशका नागरिक हुन् भन्नेबारे पहिचान खुल्न सकेको छैन ।

पोष्मार्टमपछि एन्टिमोटम अर्थात् औँठाछाप, मृतकको शारीरका विभिन्न भागहरुको संकेत र गहनाका आधारमा पहिचान गरिनेछ । एन्टिमोटमबाट पहिचान नभएका शवको भने डीएनए परिक्षण गरिनेछ । डीएनए परिक्षणबाट पहिचान गर्नु परेको खण्डमा थप समय लाग्नेछ ।

विमान दूर्घटनामा मृत्यू भएका नेपाल, बंगलादेश, माल्दीभ्स र चीनका गरी ४९ जना नागरिकको शव अहिले शिक्षण अस्पतालमा पहिचानका लागि राखिएको छ । सबै मृतकको पहिचान खुलेपछि मात्रै आफन्तलाइ शव जिम्मा लगाउने अस्पतालले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…