नवनिर्वाचित राष्ट्रपति भण्डारीले आज शपथ लिने

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज शपथ लिने भएकी छन् ।

दोस्रो कार्यकालका लागि मंगलबार निर्वाचित राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे शपथ लिने कार्यक्रम रहेको सितल निवास स्राेतले जनाएको छ ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने संवैधानीक व्यवस्था छ । तर, प्रधाननन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट सपथ लिने भन्ने नैतिक संकटमा परेकी छन् भण्डारी ।

मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी नेपाली कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राई भन्दा दूई तिहाई बढि मत ल्याएर विजयी भएकी हुन् । राष्ट्रपतिको रुपमा भण्डारीको यो दोस्रो कार्यकाल हो । उनको कार्यकाल ५ वर्षको रहनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान अर्थमन्त्रीको साथ आधिबाटोसम मात्रै पाउने भएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल तय…

काठमाडौं । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको…

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…