सांसदलाई चिया खान बालुवाटारमा प्रधानमन्त्रीको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेशसभा सांसदका लागि बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि प्रदेशहरुका सांसदहरु काठमाडौंमा आएको मौका पारेर ओलीले चियापान कार्यक्रम आयोजना गरेको बालुवाटार स्रोतले बतायो ।

संघीय संसद र प्रदेशसभाका सांसदहरुलाई बिहान साढे ८ बजे चियापानका लागि बालुवाटारस्थित निवासमा उपस्थित हुन प्रधानमन्त्रीको सचिवालयले निम्ता गरेको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई संसदमा विश्वासको मत दिएका सांसदहरुका लागि चियापान कार्यक्रम आयोजना गरेको स्रोतले बतायो । ओलीले २७ फागुनमा विश्वासको मत पाएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान अर्थमन्त्रीको साथ आधिबाटोसम मात्रै पाउने भएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल तय…

काठमाडौं । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको…

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…