‘न्यायालय भकभक उम्ल्याछ, कसरी चुप लाग्नू ?’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नचाहँदा नचाहँदै पनि आफू प्रधानन्यायाधीश प्रकणरमा बोल्न बाध्य भएको बताउनु भएको छ ।

‘कतिपयलाई प्रधानमन्त्रीले न्यायालय बारे नबोले पनि हुन्थ्यो भन्ने लागेको होला ? ‘न्यायालय भकभक उम्ल्याछ, यस्तो बेला कसरी चुप लाग्नू ?’ बुधबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको तमसा हेर्नु त, प्रधानन्याधीशले इजलाश तोक्छ, न्यायाधीशहरुले त्यसलाई बहिष्कार गर्छन् । न्याय खोज्दा भनेर गएकाहरु पुर्पुरोमा हात लगाएर फर्किराखेका छन् ।’

प्रधानमन्त्री ओलीले उच्च ओहदामा बसेकाहरुको जन्ममिति सबैले थाहा पाउनुपर्ने बताउनु भयो ।

‘देशका बीग फाइभ(सिक्स राजकीय पदहरु कहिले जन्मिएका हुन् भन्ने जनाताले थाहा पाउनै नहुने उनीहरुको बारेमा केही सोध्नै नहुने ? उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीश कहिले जन्मिएको देशले थाहा नपाउने ? । यो कुनै मल्ल युद्धको विषय हो,  कुस्ती खेल्ने विषय हो  । जे साँचो हो त्यसको प्रमाण दिइन्छ र प्रमाणपत्र हुन्छ । एउटा प्रमाणपत्रमाथि अर्को प्रमाणपत्र थपेर यो के गरेको ?’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान अर्थमन्त्रीको साथ आधिबाटोसम मात्रै पाउने भएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल तय…

काठमाडौं । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको…

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…