–२०७२ भाद्र ७ गते कैलालीको टिकापुरमा दर्दनाक घटना भयो । एक बालकसहित नौ जना प्रहरीलाई जिउँदै जलाएर हत्या गरियो । प्रहरीले आफ्नो अनुसन्धानमा घटनाको मुख्य दोषी रेशम चौधरी रहेको भन्दै पक्राउ आदेश जारी गर्यो । प्रहरीको आदेशसँगै चौधरी फरार रहे । उनी प्रहरीको ‘फरार रुची’ मा दर्ज भए । घटना छानबिन गर्न सरकारले आयोग बनायो, घटनाका दोषीलाई कारबाही गर्ने आश्वासन पीडित परिवारलाई दियो । तर, घटनाको दुई वर्षपछि मुख्य दोषी भनिएका चौधरी फरार अवस्थाबाटै प्रतिनिधिसाभा सदस्यमा निर्वाचित भए । पीडित परिवार आज पनि न्याय मागेर थाकेको छैन । यो लेख कैलालीमा ज्यान गुमाउने मध्येका एक प्रहरी निरीक्षक केशब बोहराको पत्नी शारदा बोहोरासँग गरिएको कुराकानीका आधारमा तयार पारिएको हो ।
–०७२ भाद्र ७ गते कैलालीको टिकापुर घटनामा मेरो श्रीमानसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाए । दुई बर्ष बित्यो, हामीले न्याय पाएनौं । सरकार धेरै फेरिए, हरेक सरकारसँग न्यायको आश गरिरहयौं । अब त पीडा सुनाउँदा सुनाउँदै दिक्क लाग्न थालिसक्यो । सुन्नेबेलामा सबै गम्भिर हुन्छन् । तर, न्याय दिन कोही गम्भिर भएनन् । परिवार गुमाउँदाको पीडा गुमाउनेलाई मात्र थाहा हुँदो रहेछ । शायद सुन्नेका लागि कथा जस्तै लाग्दो हो ।
हामीले राज्यसँग सधै न्यायको आश गरिरह्यौं । तर, केही दिन यताका घटनाक्रम हेर्दा लाग्दैछ, राज्य आफै घटनामा संलग्न अपराधीलाई उन्मुक्ति दिने प्रयास गर्दैछ । कि त टिकापुर घटनामा फरार अभियुक्त भनिएकालाई निर्दोष भन्न सक्नुपर्छ होइन भने कानूनको दायरामा ल्याएर कारबाही गर्नुपर्छ । दुई वर्षदेखि फरार अरोपित भनिएका मान्छेलाई आज राज्यले उल्टै संरक्षण गर्न खोजिरहेको आभाष हुँदैछ । घटनालाई राजनीतिक आवरणमा कमजोर बनाउने प्रयास हुँदैछ । त्यस्तो भयो भने हामी पीडित परिवार चुप लागेर बस्दैनौं । आँसु धेरै बगेर सुके अब सधै आँसु नबग्ला नि !
घटनामा को दोषी हुन् र कसलाई कारबाही गर्ने हो ? त्यो हाम्रो चासोको बिषय होइन् । हामीलाई कसैसँग आग्रह वा पूर्वाग्रह छैन । हाम्रो माग यति मात्र हो कि हामीले न्याय पाउनुपर्छ ।
हाम्रो माग सिर्फ यति हो–सरकारले हामीलाई देखाओस् टिकापुर घटनाका दोषी को हो ? ती दोषीलाई सार्वजनिक गरियोस् र तीनलाई कानुनी आधारमा कारबाही होस् । सरकारले कैलाली घटना अनुसन्धन गर्न आयोग बनायो तर, आयोगको प्रतिवेदन सार्वजनिक गरेन किन ? त्यो प्रतिवेदनमा के थियो ? जसको कारण सार्वजनिक गर्न राज्य आनाकानी गरिरहेको छ । घटनामा को दोषी हुन् र कसलाई कारबाही गर्ने हो ? त्यो हाम्रो चासोको बिषय होइन् । हामीलाई कसैसँग आग्रह वा पूर्वाग्रह छैन । हाम्रो माग यति मात्र हो कि हामीले न्याय पाउनुपर्छ ।
हाम्रो मानसपटलमा अहिले पनि हाम्रा आफन्तका त्यो क्षतविक्षत शवको दृश्य झल्झली घुमिरहेको छ । त्यसयता हाम्रा आँखा कहिल्यै ओभानो भएन । तर, आज सुनिँदैछ एक छिन डाँको छोडर रोएको भरमा दोषीले उन्मुक्ति पाउँदैछ । अनुसन्धानमा दोषी देखिएका सबैलाई प्रचलित कानुन अनुसार कारबाही हुनुपर्छ । अनि मात्र राज्यले हामीलाई न्याय दिएको ठहर्छ । राज्यको सुरक्षामा खटिएका कर्तव्यनिष्ठ सुरक्षाकर्मीहरु यसरी विनाकारण मारिदा राज्यले वेवास्ता गर्रयो भने भोलिका दिनमा अपराधिको मनोबल बढने र सुरक्षाकर्मीको मनोबल घट्न सक्छ । ००००
कैलाली घटनामा को–को संलग्न थिए हामीलाई थाहा थिएन र छैन । यहि राज्य, प्रहरी र प्रशासनले भनेर थाहा भयो,मुख्य दोषी रेशम चौधरी भन्ने । त्यो भन्दा अघि हामीले उनको नाम सुनेका थिएनौ । तर, आज त्यहि मुख्य दोषी भनिएका चौधरीलाई मुलुकको कानून संशोधन गर्नेसम्मको स्थानमा पु¥याउनका लागि अनुमोदित गर्ने काम राज्यले गर्दैछ भन्ने सुनिएको छ । उनले निर्वाचन कसरी जिते ? हिजो उनको व्यवहार,आचरण के थियो ? त्यो हाम्रो सरोकार होइन । तर, राज्यले त्यति ठूलो घटनामा दोषी ठहर गरेका व्यत्तिलाई सजिलै उन्मुत्ति दिने हो भने त्यसको चित्त बुझ्दो कारण हामी पीडित परिवार र आम जनतालाई दिनुपर्छ ।
चौधरीले एक दिन आँसु झारेको र अनसन बसेको देख्न नसक्ने सरकारले पीडित परिवारका सदस्यले हरेक दिन बगाएका आँसु किन देखेन ? के हाम्रो आँसु र परिवार गुमाउँदाको पीडाको कुनै मूल्य छैन ?
मुलुकमा कानुनी राज्य छ भन्ने अनुभूति गराउन पनि यो बिषयमा राज्य प्रष्ट हुनुपर्छ । आजका दिनसम्म उनलाई टिकापुर घटनाका आरोपित भनेर प्रहरीले पक्राउ गरिराखेको छ । उनी निर्दोष हुन् भने किन फरार सूचीमा राखियो र पक्राउ गरियो ? रेशम चौधरी अपराधी होइन भने को हुन् त वास्तविक अपराधी ? राज्यले देखाओस् र कारबाही गरोस । दोषी मानिएका चौधरीले एक दिन आँसु झारेको र अनसन बसेको देख्न नसक्ने सरकारले पीडित परिवारका सदस्यले हरेक दिन बगाएका आँसु किन देखेन ? के हाम्रो आँसु र परिवार गुमाउँदाको पीडाको कुनै मूल्य छैन ?००००
घटनापछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर न्यायका लागि आग्रह गर्यौं । उहाँले पनि आश्वासन दिनुभयो । टिकापुर घटनाको मुद्दा फिर्ता हुँदैन र ओरोपितलाई कारबाही हुन्छ भनेर । तर, उहाँ प्रधानमन्त्री भएकै समयमा रेशम चौधरीलाई क्षतिपूर्तिका नाममा राज्यबाट एक करोड ६० लाख रुपैयाँ दिने कामभयो । जघन्य अपराधमा दोषी ठहर भएका व्यक्तिका लागि राज्यले यति ठूलो सहयोग ग¥यो । फरार सूचीमा रहेका व्यक्तिलाई राज्यले सहयोग गर्न मिल्थ्यो ? यो हामीले अहिलेसम्म चित्त बुझ्दो जवाफ नपाएकोे प्रश्न हो ।
घटनाको केही समयपछि केपी ओली प्रधानमन्त्री हुनुभयो । उहाँले न्यायदिनुहोला भन्ने ठानेर भेट्न खोज्यौं तर उहाँले त भेट्नै चाहनुभएन । मेरो श्रीमान लगायतका सुरक्षाकर्मीले के अपराध गरेका थिए र न्याय पाएनौं । रेशमले उहाँको सामु आँसु झारेर उन्मुक्ति मागे ? मैले प्रधानमन्त्री ओलीलाई भेट्न पाएको भए यही प्रश्न दोहोर्याउँथें ।
न्यायको आशमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेटें । उहाँले कुनै हालतमा मुद्दा फिर्ता हुँदैन,यति ठूलो घटनाको आरोपिलाई कारबाही हुन्छ भनेर आश्वासन दिनुभयो । तर त्यो आश्वासन पूरा भएन । अझै पनि आश मरेको छैन । रेशमको आँसुको मूल्य बुझनेले हाम्रो परिवारको ज्यानको मूल्य पक्कै बुझ्नु हुनेछ । राज्य आफैले दोषी ठहर गरेको व्यक्तिलाई कुनै पनि हालमा सांसदको सपथ खुवाइनेछैन ।००००न्यायभन्दा हामीले कुनै स्वार्थ राखेका छैनौं । यदि हाम्रो माग गलत हो भने त्यो पनि भनोस राज्यले । वा हाम्रो मागमा दम पुगेको छैन भने त्यो पनि भनोस । तर त्यसभन्दा अघि परिवार गुमाउनुको पीडा हामीलाई सोधियोस् ।