औँला पड्काउँदा किन आवाज आउँछ ?

काठमाडाैँ । तपाईँ हामीमा अचम्मका बिभिन्न आनीबानीहरु छन् । जुन हामीले जान अन्जानमा दैनिक जीवनमा निरन्तर गरिरहेका हुन्छौँ । यस्तै मध्येको एक अनौठो बानी हो औँला पड्काउनु । के तपाईँले पनि औँला पड्काउनु हुन्छ ? त्यसो गर्दा किन आवाज आउँछ होला ? यसबारेमा हालै वैज्ञानिकहरुले अनुसन्धानबाट अनौठो कारण पत्ता लगाएका छन् ।

अमेरिका र फ्रान्सका सोधकर्ताहरु भन्छन् की यसको कारण गणितको तीन समीकरणको मद्धतबाट बताउन सकिन्छ । त्यसको मोडल अनुसार हड्डिको जोर्नीमा हुने तरल पदार्थ र त्यसमा बुलबुले अर्थात फोका फुट्ने प्रक्रियाका कारण आवाज उत्पन्न हुन्छ ।

अचम्म र तपाईँ हामीलाई हैरान पार्ने कुरा त के छ भने यस विषयमा निकै लामोे समयसम्म बहस भयो ।

फ्रान्समा विज्ञान विषय अध्ययनरत एक छात्र विनीत चंद्रन सुजा कक्षामा औँला पड्काउँदै थिए । उनको ध्यान त्यसबाट उत्पन्न आवाजमा पुग्यो र उनले त्यसबारेमा पत्ता लगाउने प्रयासमा लागे ।

उनले आफ्ना गुरु डा अब्दुल बरकतसँग गणितीय समीकरणको एक सिरीज तयार गरे जसको सहयोगमा औँला वा जोर्नी पड्काउँदा वा तन्काउँदा किन आवाज आउँछ ? भन्ने तथ्य पत्ता लाग्याे ।

 

फोका फुट्छ ।

उनले बीबीसीसँग बाताएका छन्, पहिले समीकरणबाट पत्ता लाग्यो की जव हामी आफ्नो औँला पड्काउँछौँ हाम्रो हड्डीको जोर्नीमा अलगअलग दबाब उत्पन्न हुन्छ ।

दोस्रो समीकरणबाट फरक फरक दबाबबाट फोकाका साइज पनि अलग अलग हुन्छ ।

र तेस्रो समीकरणमा अलग अलग साइजका फोकालाई आवाज निकाल्ने फोकासँग जोडेर हेरिएको छ ।

चंद्रन सुजाले भनेका छन् यी सबै समीकरणबाट एउटा पूरा गणित मोडल बनेको छ, जुन औँला पड्काउँदा किन आवाज निस्किन्छ भन्ने तथ्य बताउँछ । चंद्रन अहिले क्यालिफोर्नियाको स्टेनफोर्ड विश्वविद्यालयमा पोस्टग्राजुयशन गर्दै छन् ।

जव हामीले आफ्नो औँला पड्काउँछौँ वा तन्काउँछौँ त्यससमयमा दबाब पर्छ । फोका वा बुलबुले तरल अवस्थामा हुन्छ । यसलाई साइनोवियल फ्लुड भनिन्छ । औला पड्काउने प्रक्रियामा जोड वा दबाबको मात्रा बदलिन्छ । जसका कारण फोका वा बुलबुले पनि तीब्र रुपमा घट्छ बढ्छ अनि आवाज उत्पन्न हुन्छ ।

बिपरित सिद्धान्त

यस मोडल अनुसार दुई बिपरीत सिद्धान्तमा एक सम्बन्ध बनेको छ । फोका फुट्दा आवाज आउँछ भन्ने तथ्य यसअघि सन् १९७१ मा पनि आएको थियो । तर ४० वर्षपछि यस नयाँ प्रयोगले नयाँ चुनौती पनि खडा गरेको छ । औँला पड्काएको केहीबेरसम्म पनि फोका तरल अवस्थामा नै हुन्छ । उनको यस अध्ययनलाई साइन्टिफिक रिपोर्टस जर्नलमा प्रकाशित गरिएको छ । बीबीसी हिन्दीबाट अनुवाद

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…