चित्रमान मारिएको विभत्स तस्विर, उनकै फेसबुकमा पोष्टभएपछि….

अनु आचार्य,

रसुवा । बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक २९ वर्षीय चित्रमान डंगोल ११ दिनदेखि बेपत्ता भए । चैत १५ गतेदेखि बेपत्ता उनलाई खोज्न परिवारले निकै प्रयास गरिरहे तर पनि फेला पार्न सकेनन् तर आइतबार राति डंगोलको बिभत्स शव उनको फेस बुकमा पोष्ट भएको छ ।

चित्रमानको फेसबुकमा राति १० बजेर ४५ मिनेट जाँदा ‘१२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका लागि मारेको’ स्टाटससहित शबको बिभत्स तस्विर पोष्ट भएको हो । चित्रमानको हत्या र तस्विर पोष्ट गर्नेको भने अहिलेसम्म पहिचान हुन सकेको छैन ।

उत्तरगया गाउँपालिका ५ लहरेका २९ वर्षीय चित्रमानको हत्या भएको उनकै फेसबुकबाट खुलासा भएपछि घटना सनसनीपूर्ण बनेको छ । मृतकका आफन्तसहित बासिन्दाले हत्याराको पहिचान र कारवाही माग गर्दै सोमबार रसुवा बन्द गरेका छन् ।
मृतकका आफन्तले बेपत्ता भएकै दिन खोजी गर्नको लागि प्रहरीमा निवेदन दिए पनि सुरक्षा निकायले त्यसप्रति खास्सै चासो नलिएको आरोप लगाएका छन् । प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले भने  खोजी कार्यमा तीब्रता दिए पनि फेला नपरेको बताए ।

चैत १५ गते आफ्नो घरबाट स्याफ्रुबेँसीका लागि हिँडेका डंगोलले दिन राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी गराएका थिए । उनी त्यसपछि सम्पर्कविहीन बनेका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…