राउटेले भने, हाम्रा सामान बिकेन, चामल पठाइदिनू सरकार

सुशील खड्का

दैलेख । जंगलको राजा भनिने राउटे समुदाय अभावै अभावले ग्रस्त हुन थालेको छ । जंगलमा काठ काट्न नपाइने र जसो तसो गरी बनाएका सामाग्री समेत विक्री नहुँदा छाक टार्नै सकस भएको होे ।

आफैले बनाएको टहरा बाहेक स्थायी रुपमा बस्न नचाहने राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान तथा प्रदेश ५ को दाङ र प्रदेश ७ को अछामका विभिन्न जंगलमा रिफन्ते जीवन बिताउँदै आएका छन् ।

उनीहरु यतिखेर दैलेखको तल्लो डुंगेश्वर नजिकैको खोला किनारामा छन् । राउटेका मुखीया वीरबहादुर शाहीेले सामान बिक्री नहुँदा आफ्नो समुदायलाई अत्यन्तै समस्या परेको बताए । ‘शिकार पाउँदैन्, काठका भाडा विक्री हुँदैनन्’ उनले जनताससमाचारसँग भने, ‘हाम्रा सामान बिकेन, चामल पठाइदिनू सरकार ।’ मुखिया शाहीले आफ्ना समस्या सरकार समक्ष पुर्याइदिन जनताकर्मीसँग आग्रह समेत गरे ।

राउटे समुदायका बालबालिका आफ्ना आमाबुबासंगै जंगलमै परम्परा अनुसार नै हुर्कछन् । राउटे जंगलमा पाइने रुख पातहरुबाटै आफूलाई बस्ने अस्थायी झुप्रो तयार पार्ने गर्दछन् ।

राउटे महिलाहरु बाहिरी समुदायका मानिसहरुसंग घुलमिल वा बोलचाल गर्न रुचाउँदैनन् । राउटेहरु विशेषगरी आफैले बनाएका काठका भांडाकुंडा प्रयोग गर्छन, बचेका काठका भाडाहरु भने गाउंबस्तीमा पुगेर विक्री गर्छन् ।

राउटेहरुको मुख्य आहारा वनमा पाइने गिठा, भ्याकुर, बांदर, गुना जस्ता वन्यजन्तुको मासु हो । खानेकुराको बन्दोबस्त  पुरुषले गर्छन्।  बिहेबारी लगायतका सबै सामाजिक व्यवहार आफ्नै समुदायका रास्कोटी, कल्याल र सुवाङ्सी गोत्रभित्र हुन्छ ।

राउटे समुदायमा मातृ तथा बाल मृत्युदर बढी छ । राउटे समुदायमा मुखियाको भूमिका  निर्णक हुन्छ, बाहिरी समुदायसंगको सम्पर्क मुखयाले नै गर्छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…