कविता : फेरिएको कामरेड

पन्चायती कालरात्रीहरुमा,
शोषण, दमन र अत्याचार का विरुद्ध
स्वतन्त्रता र मुक्तिका लागि लड्ने उ,
आज भोगी भएको छ, सौखिन भएको छ ।
न कुनै चिन्ता छ जनको न देसको,
केवल द्रब्य जोर्न तल्लीन छ
रात अनि दिन ,
त्यागेर सबै निष्ठाहरुलाई ।

च्यात्तिएको चप्पल मा हिडेर कुना कन्दरा अनि बस्तिहरुमा, समाजबाद अनि साम्यवादका मिठा सपना बाँडेको उ,
आज शक्ति को देवत्वकरण मा लिन छ, घुम्छ हरपल उसैको अघिपछि
त्यागेर सारा आदर्शहरु ।

मार्कस, एंगेल्स, लेनिन , स्टालिनहरुलाई ,
पुष्पलाल, मनमोहन अनि मदनलाई
बोकि हृदयमा , किसान मजदुर हरुलाई
जगाउने उ,
आज उर्बर भुमी खण्डित गरि, लाखौं कमाउने , प्राडोमा हिड्ने, मस्ती गर्ने
माफिया बनेको छ , दलाल बनेको छ
भुलेर सारा सपथहरु ।

गोर्की को ” आमा”, आस्त्रोभास्की को “अग्निदिक्षा”लाई मान्ने आदर्श अनि प्रेरक पुस्तक उ ,
आज चाकरीका मन्त्र कण्ठ पारेको छ,
गाउँछ शक्ति कै भजन, हरेक स्लोक नबिराइ
त्यागेर सारा आस्थाहरु ।

निरंकुशताको जेहाद छेड्दै,
सामन्तवादका अवसेशरुलाइ जरै देखि
फ्याँक्न , एक एक गरि जनता संगठित गर्ने उ ,
आज गुटबन्दीमा पौडी खेल्दै ,
इमानदारहरुको राजनीति सक्काउदै ,
ब्याबारी अनि ठेकेदार , माफियालाइ
राजनैतिक अनि चुनावी दौडमा दौडाइ
टिकट बेच्ने धन्दा चलाएको छ,
बेचेर अफ्ना नैतिकता हरु ।

गुन्द्रुक , सात्तु , अनि महि खादै ,
कठोर भुमिगत यात्रा पार गरेको
उ,
आज बिदेसी मद, सुरा अनि सुदरिहरुमा,
तारे होटल को भोजन मा मस्त छ ,
घुमेको छ अर्धनग्न भएर
बिदेसी समुद्री तटहरुमा ,
बिर्सेर ती बिगतहरु ।

सर्बहाराको अधिनायक्त्व प्राप्ति को लागि
सम्पत्ति जोड्ने सपनालाइ तिलान्जली दिदै
परिवर्तन को मोर्चामा हिडेको उ ,
देखिदैन कुनै उद्दम अनि व्यापार तर
आज करोडौं को मालिक बनेको छ
गरेको छ दुई नम्बरी धन्दाहरु,
छाडेर मुक्तिका लक्ष्यहरु ।

भिर, पाखा ,कुना अनि कन्दराहरुमा
बोकि हसिया हथौड़ा का झण्डाहरु
हिड्ने उ ।
आज मुहार पुस्तिका बाटै राजनीति गर्छ
उसैबाट खुसी साट्छ, दुख जनाउँछ
पुग्दैन जन बस्तिहरुमा ,
सबै भन्छ्न फेरिएको कामरेड उस्लाई ,
गर्दैन कुनै , कसैका सुर्ताहरु
भुलेर सबै बाचाहरु ।

लेखक : कृष्ण भुसाल

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…