डिपिएलमा भण्डारीले पाए यस्तो सुनको जुत्ता

कैलाली । धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराहा धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन्। प्रतियोगिताभर १४ विकेट लिएका चौराहाका भण्डारी मोष्ट भ्यालुएबल घोषित भएका हुन् ।
उनले सुनको जुत्ता पुरस्कार पाएका छन् । सर्वोत्कृष्ट खेलाडी भएका चौराहा रोहन मुस्ताफाले मोटरसाइकल पाएका छन् । भण्डारीले सात खेलमा एक सय ८५ रन दिएर १४ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ फिगर २७ रन दिएर ४ विकेट लिएका थिए ।
यस्तै प्रतियोगिताको म्यान अफ द सिरीज पनि चौराहाका अलराउण्डर रोहन मुस्ताफा बने ।