वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता

रेखा शाही
काठमाडौँ । नेपाली क्रिकेटका लागि यो वर्ष ऐतिहासिक रह्यो । चार वर्षको लागि एक दिवसीय मान्यता प्राप्त मुलुकमा सूचीकृत भएको नेपाललाई युवा क्रिकेटरहरूले थप खूशी दिएको छ । तर, यसको नेतृत्व गर्ने संस्था नेपाल क्रिकेट संघ क्यानको निलम्वन यो वर्ष पनि फुकुवा हुन सकेन ।

क्रिकेट नबुझ्नेहरुले पनि बधाई भने, दूरदेशले नेपालको नाम चिने । जब, शक्तिशाली राष्ट्रहरूले बनाएको उत्कृष्ठताको जालो तोड्दै नेपालले चार वर्षका लागि अन्तरराष्ट्रिय क्रिकेटमा एक दिवसीय मान्यता पायो । तब, देश खूशीले एकैपटक जुरुक्क उफ्रियो । अर्थात्, नेपाली क्रिकेटका लागि २०७४ साल ऐतिहासिक बन्यो ।

नेपाली क्रिकेटरहरुको अभूतपूर्व प्रस्तुतिकै कारण नेपाली क्रिकेटले यो ऐतिहासिक यात्रा पार गर्न सफल भएको हो । विषेशगरी, युवा क्रिकेटरहरुको जादुमयी प्रस्तुति अविस्मरणीय रह्यो । यही प्रस्तुतिकै मद्दतले डिभिजन टु मा घटुवा भएको केही महिना नबित्दै एक दिवसीय मान्यतासम्मको फड्को मार्न सफल भयो ।

सन् १९९६ देखि अन्तरराष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालका लागि डिभिजन पाँच, चार हुँदै एक दिवसीय मान्यताको उपलब्धीसँगै युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को खूशी थपिदिए । इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका लामिछाने दिल्ली डेयरडेभिल्स्मा आवद्ध भए ।

तर नेपाली क्रिकेटर र यसका समर्थकहरुसँगै रमाउनेगरी नेपाल क्रिकेट संघ क्यानले भने यो वर्ष पनि उचित निर्णय लिन सकेन । २०७२ देखिको आईसीसीको निलम्वन फुकुवाका लागि नयाँ वर्षको शुरुमै साधरणसभा बोलाइएकाले केही आशा भने छोडेको छ, २०७४ साललाई ।
नेतृत्व गर्ने मूल संस्था क्यानको नसुल्झिदो विवादले दूखी तुल्याइरहेको नेपाली क्रिकेटरहरुको मुहारमा घरेलु प्रतियोगिताले भने थोरै खूशी दिएको छ । ईपिएल र डीपिएल प्रतियोगिताले, खेल्ने अवसरसँगै नेपाली क्रिकेटरहरुलाई आर्थिक राहत पनि मिलेको छ ।

यस वर्ष क्रिकेट नेपाली खेलप्रेमीलाई अर्को सुखद अनुभुति तब भयो जब नेपालाले अन्डर नाइन्टिन एसियाकपमा भारतलाई हरायो । क्रिकेटको शक्तिराष्ट्र भारतलाई उमेर समुहमै भएपनि नेपालले हराउँदा नेपाली क्रिकेट प्रेमी गदगद भए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…