कस्तो छ त २०७५ साल ? शुभ-साइत र ग्रह दशा ! (बिस्तृत जानकारी)

ज्याेतिषाचार्य महेन्द्र भण्डारी
२०७५ साल विरोधिकृत् नामको संवत्सर परेको छ । यो संवत्सरमा देशमा त्यति खासै शुभ फल पाइने छैन । यो वर्षको ग्रहगति हेर्दा राजा सूर्य र मन्त्री शनि भएको देखिन्छ । वर्षमा शुभ ग्रह राजा वा मन्त्री भएको बेला शुभ फल प्राप्त हुन्छ तर अशुभ ग्रह राजा वा मन्त्री भएको बेलमा भने अशुभ फल नै देशले भोग्नु पर्छ । राजा सूर्य र मन्त्री शनिको सम्बन्ध निकै द्वन्दात्मक हुन्छ । यस्तो बेलामा राज्यलाई शुभ फल दिँदैन ।

यस्तो बेलामा राज्यमा उपद्रो हुने देखिन्छ । भारतका मथुरा, अयोध्या, कुरुक्षेत्र, यमुना तथा गंगा नदीको तिर, नेपालको विराटनगर, जनकपुर जस्ता ठाउँमा उपद्रो हुने प्राकृतिक प्रकोप आदि आउने देखिन्छ । यसको अर्थ प्रदेश २ मा समस्या पर्ने देखिन्छ । त्यस्तै पश्चिमा देशहरुमा वर्षको पूर्वाद्र्ध देखि नै तनावको अवस्था सृजना हुनेछ । केन्द्र र प्रदेश, केन्द्र र स्थानीय तह, राजनीतिक नेतृत्व र कर्मचारी तन्त्र, प्रशासन र जनताबिच पनि विरोधी भावनाको विकाश हुनेछ । जनतामा त्रास बढ्ने छ । अग्निभय तथा प्राकृतिक प्रकोपले जनतामा पीडा दिनेछ । विशिष्ट व्यक्तिमा भय देखिनेछ । अल्प वर्षाले कृषकवर्गमा चिन्ता थपिदिनेछ । राज्य संयन्त्रमा सरकार प्रतिपक्षविच तनाब बढ्ने छ । खाद्य पदार्थमा अश्वभाविक मूल्यवृद्धि हुनाले सामान्य जनतामा दुःख थपिनेछ । सरकारले निकै ठूलो आर्थिक समस्याको सामाना गर्नु पर्नेछ ।

२०७५ सालमा शासकहरु निर्दयी हुँदै जानेछन् । यसले थोरैमात्र जनताहरु सुखी हुनेछन् । पशु चौपायमा रोग तथा महामारी हुनेछ । प्रदेश तथा केन्द्र सरकार बिच तनाव तथा हुन थाल्नेछ । हिउँदे धानको उत्पादनमा कमी आउनेछ । खाद्यान्नको मूल्य वृद्धिहुने छ । सेता चमल, चिनी जस्ता वस्तुहरुको मूल्य वृद्धि हुनाले निम्न आए भएका जनताहरु मारमा पर्नेछन् । जनतामा धार्मिक तथा आध्यात्मिक भाव बढ्नेछ ।

रासायनिक वस्तु, खनिज तेल तथा मेसिनरी वस्तुको आयातमा उच्च बढोत्तरी हुनेछ । देशको व्यापार घाटा निकै बढ्नेछ । देशमा परनिर्भरता बढ्दै जाने छ तर पनि स्वदेशमा वर्षको अन्तिमतिर केही आशालाग्दा कामहरु हुनेछन् । देशले स्थिरताको बाटो समात्नेछ । विदेशी सहयोगमा वृद्धि हुनेछ । खेल क्षेत्रमा पनि आशालाग्दा सफलता मिल्नेछ ।

देशको संकलित पुँजीमा नोक्सानी हुनेछ । स्वदेशमा केही नयाँ तथा ठूला उद्योग धन्दाको सुरुवात हुनेछ । वैदेशिक लगानी बढ्नेछ । शिक्षा क्षेत्रमा पनि राम्रा काम हुनेछन् । यो वर्ष भ्रष्टाचारको विरुद्धमा सरकार निकै कसिलो भएर आउने देखिन्छ ।

२०७५ सालमा पानी कम पर्नेछ । जेठ तथा असारमा खडरी पर्ने योग छ । यो साल फलफूल तथा अनाजको उत्पादनमा कमी आउनेछ । यसको अर्थ हुनुपर्र्ने भन्दा निकै कम मात्र पानी पर्नेछ । तराई क्षेत्रमा सुखाजानाले समयमा खेती गर्न कठिन हुनेछ । यो वर्ष संवत्सर तथा वर्षादीनां विशोपकाको विचार गर्दा वृद्धि र क्षतिका घटना बराबरी नै जस्तो हुनेछन् । यो वर्ष मानिसको जन्मभन्दा मृत्यु बढी हुनेछ । यसरी हेर्दा मृत्युदर केही बढी जस्तो हुनेछ । यस वर्षको अन्तिम तिर ठूला ठूला अग्नि प्रकोप तथा दुर्घटनाहरु हुन सक्नेछन् ।

शनिदशाको प्रभाव

यो वर्ष मकर राशिलाई वर्षभरी आद्यासाढेसाति शनि दशा छ ।
यो वर्ष धनु राशिलाई वर्षभरी मध्य साढेसाति शनि दशा छ ।
यो वर्ष वृश्चिक राशिलाई वर्षभरी अन्त्य साढेसाति शनिदशा छ ।
यो वर्ष वृष र कन्या राशिलाई वर्षभरि अढैया शनि दशा छ ।

चन्द्र ग्रहण

२०७५ सालको साउन ११ गते श्ुक्रबार खग्रास चन्द्रग्रहण हुनेछ । यो चन्द्र ग्रहण राति १२ः ९ देखि भोलि पल्टको उज्यालो हुनेबेलाको ०४ ः ०६ सम्म हुनेछ । यो चन्द्र ग्रहणमा मेष, सिंह, वृश्चिक, कुम्भ र मीन राशिलाई फलिफाप हुनेछ ।

अधिक मास

यो वर्ष जेठ महिनामा अधिकमास परेको छ । यो वर्ष जेठ महिनामा शुद्धज्येष्ठ र अधिकज्येष्ठ गरी २ ओटा जेठ महिना रहनेछन् । जेठको २ गतेबाट अधिक महिना लाग्नेछ र ज्येठ ३० मा सकिनेछ । त्यसले असार १४ गतेसम्म पनि ज्येष्ठ महिना नै भनिने छ ।

दशैंतिहार

यो वर्ष असोज २४ गते घटस्थापना परेको छ । ३० गते पूmलपाती परेको छ । ३१ गते महाअस्टमीको दिन रहनेछ । कार्तिक २ गते विजया दशमीको दिन परेको छ । कार्तिक ७ गते दशैंको कोजाग्रत पूर्णिमा परेको छ । यो वर्षको तिहार कार्तिक १९ गते सुरुभई कार्तिक २३ गते सकिने छ ।

ग्रहहरुको उदायास्त

यो वर्ष कार्तिक २६ गते सोमबार वृहस्पति पश्चिममा अस्ताउने छन् र मंसिर २१ गते पूर्वतिरबाट उदाउने छन् । त्यसै गरी असोज ३१ गते बुधवार शुक्र पश्चिममा अस्ताएर कार्तिक १४ गते पूर्वबाट उदाउने छन् । त्यसैले आसोज ३१ देखि कार्तिक १४ सम्म र कार्तिक २६ देखि मंसिर २१ सम्म कुनै पनि धार्मिक तथा शुभ कार्य गर्न हुदैन ।

ब्रतबन्धको साइत

यो वर्ष असार ८ र ३१ गते ब्रतबन्ध मुहुर्त रहेको छ त्यस्तै माघ २७ र फागुन ९ गते पनि ब्रतबन्ध मुहुर्त रहेको छ ।

विवाहको साइत

बैशाखः ५,६, १६ र २८ गते
असार  ६, ७, ९, ११, १५ र १६ गते
मंसिरः २९ गते
माघ  ३, ४, ८, ९, ११, १३, १४, १५, २६, २७,
फागुन  १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ २९ गते

पास्नीको साइत 

वैशाख  ७, १४ र १९ गते
जेठः ३, १० र २३ गते
असारः ८ र ११ गते
साउन  ३, १४ र १६ गते
भदौ  १, १३ र २७ गते
असोजः ११ र २५ गते
कार्तिकः २, ५, १९ र २३ गते
मंसिरः ५ र २८ गते
पुसः २, १६, १९ र २५ गते
माघः १६ र २३ गते
फागुनः ९, २० र २४ गते
चैतः ११ गते

घरको जग राख्ने साइत

वैशाख  १४, १७ र १९ गते
साउनः ४ र १४ गते
मंसिरः २८ गते
पुसः २ र ३० गते
फागुनः ९ गते

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…