बिस्का जात्राः बुद्धिकृष्ण छैठौं पटक जिब्रो छेडाउँदै (फोटो फिचर)

नारायण थापा
भक्तपुर । मध्यपुरथिमि नगरमा बिस्केट जात्राको अवसरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खट सहितको अबिर जात्रा अर्थात सुथः सिया जात्रा मनाइएको छ । केही वर्षअघि सम्म ३२ वटा खटलाई नगर परिक्रमा गराउने प्रचलन भएपनि अहिले २६ वटामात्र रहेको स्थानीयले बताएका छन् ।

अबिर जात्रामा बालकुमारी, कालिकाको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु हुन्छ । जात्रा शुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजा सहित अबिर जात्रा मनाइएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।

मध्यपुरमा आजै दिउँसो जिब्रो छेड्ने जात्रा पनि हुदैंछ । बुद्धिकृष्ण बाग श्रेष्ठले छैठांै पटक जिब्रो छेडाउदै छन् ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…