जिल्लालाई समृद्ध बनाउन विकास समिति

वीरगंज । जिल्ला लाई समृद्ध बनाउने उद्देश्यले पर्साका जनप्रतिनिधिहरुले समृद्ध पर्सा विकास समिति गठन गरेका छन् ।  नव वर्षको अवसर पारेर सोमबार वीरगंजमा आयोजित एक कार्यक्रमकाबीच पर्सा जिल्ला बाट निर्वाचित सांसद एवम स्थानीय जनप्रतिनिधिहरुको भेलाले पर्सा क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद हरिनारायण रौनियारको संयोजकत्वमा समृद्ध पर्सा विकास समिति गठन गरिएको हो ।

स्थानीय निर्वाचन भएको सात महिना बितिसक्दा पनि पर्सामा विकास कार्यले गति नलिनुको कारण र तिनको समाधानको उपाय पहिल्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रमका सहभागीहरुले विकास कार्यलाई गति दिँदै बिना बाधा अड्चन सम्पन्न गर्न जनप्रतिनिधिहरुले दलीय भावना त्यागेर एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

समग्र जिल्लाको विकास गर्नका लागि स्थानीय तह मजबुद हुनुपर्ने तथा जनताको आवश्यकता अनुरुप कार्य हुनुपर्ने उनीहरुको भनाइ थियोे । संघ प्रदेश र स्थनीय तहमा आपसी समन्वय भए मात्र यस्तो सम्भव हुने भेलाको निष्कर्ष थियो । समितिमा प्रदेशसभाका सांसद राजेश प्रसाद साह, सांसद करिम बेगम , सांसद रमेश पटेल, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी , बहुदरमाइ नगरपालिकाका मेयर नितेन्द्र साह, पोखरिया नगरपालिकाका मेयर दीपनारायन रौनियार ,उपमेयर सल्मा खातून, पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष मम्ता महतो छिपहरमाइ गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, जीरा भवानी गाउँपालिकाका अध्यक्ष राम्पृत महतो लगायत सदस्य रहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…