प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध

चितवन । राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध प्रकृतिमा छाड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गतवर्ष कोरलिएका चारवटा बच्चा र एक जोडी माउ गिद्ध जटायु रेष्टुरेण्ट पठाइएको थियो । यसअघि गत वर्ष प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध जटायु रेष्टुरेण्टमा राखिएको थियो । खोरमा राखिएका ती गिद्ध केही महिनाअघि प्रकृतिमा खुल्ला छाडिएको हो ।

खड्काका अनुसार हाल लगेका छ वटा गिद्ध पनि सोही खोरमा राखिएको छ । केही महिनापछि ती गिद्धलाई प्रकृतिमा छाडिने उहाँले जानकारी दिनुभयो । हाल प्रजनन केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् । जसअनुसार गतवर्ष कोरलिएका चार र यस वर्षका छ वटा बच्चा रहेका छन् । अन्य भने माउ गिद्ध हुन् । प्रजनन केन्द्र हेर्दै आउनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी डाक्टर विकल्प कार्कीका अनुसार यस वर्ष २१ वटा अण्डा पारेको भए पनि छ वटा बच्चामात्रै कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र चार वटा भुइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेका हुन् ।

प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आएको छ । कार्कीका अनुसार राँगालाई ल्याएर एक साताभन्दा बढी समय स्वास्थ्य अवस्था हेरेपछि मात्रै काटेर गिद्धलाई खुवाउने गरिन्छ । प्रकृतिमा गिद्ध लोप हुँदै गएपछि सरकारले गिद्ध संरक्षण कार्य शुरु गरेको हो । प्रजनन केन्द्रमा गिद्ध हुर्काएर प्रकृतिमा छाड्ने यो अभियान विश्वमा नै नेपालमा सफल भएको मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना वनाएको छ । यद्यपि ढिला गरी सन् २०१६ मा छाड्ने भनिएको छ वटा गिद्ध केही महिनाअघि मात्रै छाडिएको छ ।

प्रकृतिमा छाड्ने गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…