जेलमुक्त भएपछि यो फिल्मको तयारीमा जुटे सलमान खान

एजेन्सी । सलमान खान हिजोआज रेस ३ को प्रोजेक्ट फाइनल गर्ने चटारोमा छन् । यस लगतै उनी बलिवुड फिल्म ‘भारत’मा पनि देखिने भएका छन् । फिल्मका निर्देशक अली अब्बास जफरका अनुसार सुपरस्टार सलमान खानको आगामी फिल्मको पोस्ट प्रोडक्सन धमाधम चलिरहेको छ ।

जफरले ट्वीट गरेर भनेका छन्, ‘भारत’ फिल्मको तयारीलाई लिएर हामी पूरा जोशमा छौ । छिट्टै नै तपार्इँहरु यस फिल्मसँग जोडिएको रोचक जानकारीहरु पाउनु हुनेछ । सलमान र अब्बासको यो तेस्रो प्रोजेक्ट हो । यो भन्दा पहिले यी दुवैले ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ मासँगै काम गरेका थिए ।

सलमानको आगामी चलचित्र भारत २०१९ को ईदमा रिलिज हुनेछ । यो फिल्म आधिकारिक रुपमा २०१४मा आएको दक्षिण कोरियाई फिल्म ओडी टू माई फादर बाट प्रेरित रहेको छ ।

फिल्ममा पहिले प्रियंका चोपडालाई लिड नायिकामा साइन गरेको कुरा थियो तर अहिले कटरीना कैफको नाम बाहिर आएको छ । यद्यपी अहिलेसम्म आधिकारिक रुपमा घोषणा गरिएको छैन । रेस फिल्मको बाँकी सुटिङ्ग साउथ अफ्रिकामा गर्ने तालिका थियो तर कालो हिरणको सिकार मामिलामा सलमानलाई देश छोड्न रोक लागेपछि बाँकीको सुटिङ्ग अब लद्दाखमा हुन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…