परराष्ट्रमन्त्रीको चीन भ्रमणः विगतका सम्झौता कार्यान्वयनमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफ्नो चीन भ्रमण विगतमा भएको सहमति कार्यान्वयन गराउन केन्द्रित हुने बताउनु भएको छ ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेको पारवहन सम्झौतालगायतका दुरगामी महत्वको सम्झौता कार्यान्वयनमा आफ्नो चीन भ्रमण केन्द्रित हुने बताउनु भएको हो । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री ज्ञवाली सोमबार राति चीन प्रस्थान गर्दै हुुनुहुन्छ ।

सोही विषयमा जानकारी दिन सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भ्रमणका क्रममा चिनियाँ नेतृत्वसँग नयाँ सरकार, यसले लिएका नयाँ विदेश नीति र प्राथमिकताका विषयमा पनि जानकारी गराउने एजेन्डा रहेको बताउनु भयो । चीनसँग भएको पारबहन सम्झौता, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा जोड दिने, चीनसँगको आवागमनलाई सहज बनाउन विभिन्न नाकाहरु खुलाउने विषयमा पनि छलफल गर्ने मन्त्री ज्ञवालीको योजना छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले यो वर्ष दुई देशका नेतृत्वको भ्रमण गर्ने वर्ष हुने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले भ्रमणको मिति तय भएपछि त्यसबारे औपचारिक जानकारी गराउने पनि बताउनु भयो । परराष्ट्रमन्त्री ज्ञवाली प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीका लागि चीन जान लाग्नु भएको हो । चीन बसाईका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सि जिन पीङ वा प्रधानमन्त्री लि खस्याङ कसलाई भेटने भन्ने विषय भने टुंगो लागेको छैन । टुंगो लागेपछि आवश्यक जानकारी परराष्ट्र मन्त्रालयले गराउने मन्त्री ज्ञवालीले बताउनु भयो ।

ओली नेतृत्वको सरकार बनेपछि मन्त्री ज्ञवालीको यो पहिलो चीन भ्रमण हो । चीन बसाईका क्रममा मन्त्री ज्ञवालीले चिनियाँ थिंक टयांकको गोलमेच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवाली आगामी शनिवार चीन भ्रमण पूरा गरी स्वदेश फर्कनु हुनेछ । उहाँको भ्रमण दलमा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…