मेषः न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्राको योग छ । साथीभाइको सहयोगले काम बन्नेछ ।
वृषः विशिष्ट व्यक्तिको सहयोग मिल्ला । बौद्धिक विकासमा सहयोग पुग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने दिन रहेकोछ ।
मिथुनः आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
कर्कटः बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
सिंहः घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कन्याः धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।
तुलाः बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।
वृश्चिकः घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।सागीतिक क्षेत्रमा रुची बढ्नेछ ।
धनुः शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कला,साहित्य एवम् संगीतमा रुचि बढ्नेछ ।
मकरः कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।
कुम्भः चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।
मीनः धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रमाइलो यात्राको योग रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।