खेम बम
काठमाडौं । ‘एकता भाँड्न विश्वको शक्तिले पनि रोक्न नसक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउनु भएको छ ।
आइतबार सभागृहमा भएको एमाले–माओवादीको संयुक्त कार्यक्रमको सम्बोधन गर्नुहुँदै प्रचण्डले ब्यानरको बिषयलाई लिएर भएको सामान्य विवाद आवश्यक तयारी नपुग्दा भएको बताउनु भएको छ । कार्यकर्ता माझमा आज भएको यो बिषयले एक किसिमको निराशा छाउन सक्ने भन्दै उहाँले यसलाई प्रविधिक त्रुटिका रुपमा लिन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रचण्डले बैशाख ९ गते नै कम्युनिष्ट पार्टी एकता दिवशको अवसर पारेर पार्टी एकता गर्ने भनिएता पनि केही बिषयमा छलफल हुन बाँकी रहेकाले निश्चित दिनका लागि मात्रै टरेको बताउनुभयो ।
देश भित्र र बाहिरका सम्पूर्ण अप्ठ्यारालाई पार गर्दै यो चरणमा आउदाँसम्म विभिन्न संर्घषको स्मरण गर्दै उहाँले अबको मुख्य बिषय नै पार्टीलाई एकिकृत गरी देशलाई समृद्धि तिर धकेल्नु रहेको उहाँको भनाइ थियो । अभाव वा राजनीतिक अस्थिरताले छिचोलिएका हामी अहिले एक नयाँ युगमा प्रवेश गरेको उहाँले बताउनु भयो ।
विगत धेरै बर्ष अगाडी थालिएको एकता प्रयासले अहिले आएर सार्थकता पाउन लागेकोमा उहाँले सबैलाई धन्यवाद समेत दिनुभएका थियो । कुनैपनि देशलाई समृद्धिमा लैजानका निम्ति राजनीतिक गाठो फुकाउनुपर्ने उहाँको भनाइ थियो ।
समाजवाद अबको गन्तव्य भएको र त्यसको नजिक पुगिसकेकाले पार्टी एकता गर्नमा कुुनै अन्य खास आधारमा छलफल गर्नुपर्ने अवस्था नरहेको प्रचण्डको दाबी रहेको छ । नेपाली जनताले गरेको अनुमोदनलाई कुल्चिने प्रयास कुनै हालतमा पनि गर्न नसकिले उहाँले बताउनु भयो ।
नेपाली जनताले दिएको जनमतको कदर गर्दै कुनैपनि हालतमा केपी जी र मैले तलमाथि गर्न खोज्यौ भने जनताले कुनै हालतमा छुट नदिने उहाँको प्रष्टोत्ती थियो । पार्टी एकिकरणका निम्ति अहिले समानता सम्मानजनक र न्यायोचित ढंगले अगाडी गएको र केही बिषयमा मात्रै सहमति जुट्न बाँकी रहेको उहाँले खुलाउनु भयो ।
एकता भाँड्नका लागि धेरै तागत लागेको भन्दै उहाँले केपी जी र मैले भनेको दिन पार्टी एकता नहुने तर कसैले नचिताएको किसिमले पार्टी एकता हुने उहाँले दोहो¥याउनु भयो । संगठन, नीति लगायतका विषयमा निष्कर्षतिर पुगेको र हिजो मात्र केपी ओली र आफूले संगठनात्मक एकताको मोडालिटीबारे सहमति जुटाएको बताउनुभयो।
उहाँका अनुसार संगठनात्मक एकताका तीन आधार तयार गरिएको छ । पहिलोः सम्मानजनक एकता, दोस्रोः समानताको सिद्धान्त र तेस्रोः न्यायोचित एकता । यसकै आधारमा बुद्धिमतापूर्वक मोडालिटी विकास गर्ने उहाँले बताउनु भयो ।