काठमाडाैँ । पाँच महिनादेखि सघन वार्तामा रहेका एमाले–माओवादी एकता प्रक्रियाको अन्तिम बिन्दुमा पुगेकाे अाजकाे नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएकाे छ ।यस्तो छ सहमतिको तयारी१० तहको पार्टी संरचनादुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी५० प्रतिशत हाराहारीकेन्द्रीय कमिटीमा ५०–५०% राख्ने विषयमा अडिग माओवादी र त्यति दिनै नसक्ने एमाले दुवै लचिलो भएका छन् । ठ्याक्कै ५० नमिले पनि त्यही हाराहारीमा सहमति हुने सम्भावना छ ।वरिष्ठ नेताको वरीयताएमाले नेता झलनाथ खनाल, माधव नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठको वरीयताबारे विधानको मस्यौदामा केही उल्लेख छैन । एकीकृत पार्टीको केन्द्रीय कमिटीले नै उनीहरूको वरीयताबारे निर्णय गर्ने सहमति नेताहरूबीच भएको छ ।एकीकृत पार्टीको कार्यदिशाजनताको बहुदलीय जनवाद र २१औँ शताब्दी जनवादको सट्टा समाजवादउन्मुख नीति अंगीकार गरेर जाने विषयमा दुई दल लगभग सहमत भइसकेका छन् ।स्थापना दिवसमा ओली र प्रचण्डले के भने ?खुट्टा तासेर पनि एकता हुन्छ : प्रधानमन्त्री ओलीपार्टी एकताअघि सेन्टिमेन्ट पोखिन्छन् । आफ्ना कुराहरू राख्दा अर्काका कुराहरू पनि आउँछन् । आज यहाँ(सभाअघि) पनि दाँतमा किरिक्क ढुंगा लागेको हो, तर महान् उद्देश्य र लक्ष्यसहित अघि बढेको एकता यस्ता कुराबाट रोकिँदैन । प्रचण्डजीले जस्तो ‘केपीजी र म पछि हटे पनि एकता रोकिँदैन’ भन्ने सेन्टिमेन्टल कुरा म गर्दिनँ । सुपरमार्केटमा सामान किने जसरी, बाटाबाट टपक्क टिपे जसरी हामी यहाँ आइपुगेका होइनौँ । हामीले नै एकताको नेतृत्व गर्यौं, हामीले नगर्दा एकता हुँदैनथ्यो, अब पनि गरेरै छाड्छौं । कसैको टाउकोमा दोष थोपरेर उम्किने ठाउँ छैन । सफलतामा टुंग्याउनुबाहेक अर्को विकल्प छैन । जुत्ता मिलेन भने खुट्टा तास–तुस(तासेर) पनि मिलाउनुपर्छ, एकता त्यो बिन्दूमा पुगिसकेको छ ।एकता मेलामा लगाएको मित जस्तो होइनअसमानता, विभेद र अपमानबीच एकता हुन्न, हुन सक्दैन । पारस्परिक सम्मान, न्याय र समझदारीका आधारमा एकता हुने हो । हाम्रो एकता मेलामा लगाएको मित जस्तो होइन, एउटै गन्तव्यमा पुग्ने बाटो पहिल्याएर नीतिगत सहमतिका साथ गर्न लागिएको एकता हो ।विगत सम्झिदैनौं, अघि बढ्छौंविगतमा एमालेले गल्ती गरे पनि माओवादीले गल्ती गरे पनि जसले गर्यो, उसैले नोक्सानी ब्यहोर्यो । सम्झिएर बस्दैनौं, अघि बढ्छौं । अगाडिका समस्या र चुनौति के–के छन् ? नयाँ ढंगले आन्दोलन अघि बढ्छ ।आइन्सटाईनले माक्र्सलाई ईश्वर भन्नुभो, नपढ्नेले बुझदैनन् गुलावको फुल कहिल्यै नदेखेकाले मलाई मन पर्दैन भने जस्तै पढ्दै नपढेका कतिपयले माक्र्सवाद–लेनिनवाद मन पर्दैन भन्छन । त्यो त रसवरी कहिल्यै नखाएकाले मलाई मन पर्दै पर्दैन भने जस्तै हो । एकपटक विश्व चर्चित वैज्ञानिक अल्र्बट आइन्साटाईनलाई ईश्वर देखेका छौ ? भन्ने प्रश्न सोधियो । उहाँले जवाफ दिनुभो–छन् भन्ने विश्वास त छैन तर मैले आजसम्म देखेको ईश्वर कार्ल माक्र्स मात्र हुनुहुन्छ । उहाँले संसारलाई बुझ्ने र बदल्ने दर्शन अघि सार्नुभएको छ । माक्र्सलाई आइन्सटाईनले बुझ्नुभो । नपढेकाले कसरी बुझ्छन् ? बुझ्दै बुझ्दैनन् ।जनताको घेराबन्दीमा छौँ : प्रचण्ड, माओवादी अध्यक्षअब एउटा शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउँदै देशलाई समृद्धिको नयाँ युगको यात्रातिर लग्नु छ । राष्ट्रिय अडानका कारण नेपाली जनताले भरोसा गरेका हुन् । हामीलाई कतै दायाँबायाँ गर्ने छुट छैन । चारैतिर जनताको, कम्युनिस्ट कार्यकर्ताको घेरा छ । विश्व जनमतले पनि हामीलाई घेराबन्दी गरेको छ । केपी ओली र मैले हस्ताक्षर गरेर पार्टी एकता गर्ने सहमतिसँगै चुनावमा उम्मेदवार र घोषणापत्र साझा बनायौँ । अब यी सबै जनताको सम्पती भएको छ । केपीजी र मैले अलीकति पनि दायाँ बायाँ गर्यौं भने जनताले छुट दिनेवाला छैनन् । कोही कम्यूनिष्टले छुट दिने स्थिति छैन । एकता हामीले हतारमा गर्ने पछि पछुताउनेगरी गर्दैनौं । एकता गरेको भोलिपल्टबाटै समस्या नओस भन्नेमा सचेत छौं ।संगठनात्मक एकताको मोडालिटीमा सहमति भइसक्योवैचारिक, सांगठनिक र नीतिगत विषयमा कुरा निष्र्कषतिर गइसकेको छ । संगठनात्मक रुपमा कुन मोडल अपनाउने भन्ने विषयमा दुई अध्यक्षवीच एउटा सहमती भएको छ । त्यो सम्मानजनक ढंगले एकता गर्नुपर्छ, कसैले कसैलाई ह्यूमिलेट गर्ने अपमानित गर्ने या विभेद हुनुहुन्न भन्ने हो । एकता गर्दा समानताको सिद्धान्तलाई पनि अंगिकार गर्नुपर्ने हुन्छ । समानताका आधारमा एकता गर्नु पर्ने हुन्छ । तेस्रो, न्यायोचित ढंगले एकता गर्नु पर्ने हुन्छ ।नभनेको दिन डयाम्पै एकता हुन्छहामीले वैशाख ९ गते एकता गर्ने औपचारिक निर्णय त गरेका थिएनौ । कार्यदलको सुझाव थियो । वैशाख ९ गते एकता गर्दा राम्रो हुन्छ भन्ने कुरालाई एकता संयोजन समितिले पनि स्विकार गरेकै थियो । बाहिर मिडियामा वैशाख ९ गते एकता हुन्छ भन्नेगरी गयो । मानौं हामीले निर्णय नै गर्या जस्तो ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५ १२:५५