सिन्डिकेटधारीको रवाफः जनताको जवाफ

खेम बम

काठमाडौं । सरकारले गरेको सिन्डिकेट खारेज विरुद्ध यातायात व्यावसायीले गरेको बन्दको देशैभर प्रभाव परेको छ ।  कुनै ठाँउमा बढी, कुनै ठाँउमा आंशिक प्रभाव ।

काठमाडौं उपत्यकामा बिहान एकछिनलाई सार्वजनिक यातायात चलेनन् । जसका कारण बिधार्थी, कर्मचारी, व्यवसायीलगायत सर्वसाधारणहरु समस्यामा परे । जब सरकारले सिन्डिकेटधारीको रुट परमिट नै खारेजीका लागि बैठकको आह्वान ग¥यो र निजि कम्पनी र व्याक्तिहरुलाई यात्रुहरुलाई सम्बन्धित स्थानमा सुरक्षित पु¥याउन आग्रह समेत ग¥यो ।

र, सरकारले कुनै पनि हालतमा सिन्डिकेट लागु हुन नदिने जनायो । यातायात व्यवसायीले पनि सरकारलाई घँुडा टेकाएरै छाड्ने चुनौती दिए पनि । नीजि सवारी साधन र भाडाका ट्याक्सीले बन्दको मौकामा यात्रुलाई सहज सुविधा दिएका छन् ।

कहिकतै निजि सवारीले यात्रुहरुसँग चर्को भाडा असुलिरहेको खबर सार्वजनिक हुदाँ देशका विभिन्न ठाँउमा विद्यालयका बसहरुले यात्रुहरुलाई गन्तव्यसम्म पु¥याइरहेका छन् । ट्याक्टर, मिनि ट्रकलगायतले समेत अलपत्र यात्रुहरुलाई सम्बन्धित स्थानमा पु¥याउन थालेका छन् ।

सरकारको समर्थन

सिन्डिकेटको दबदबामा चेपिएको मुलूकमा सरकारले गरेको यो अभियानमा सचेत नागरिकहरुको समर्थन रहेको पाइएको छ । व्यावसायीले सरकारलाई दिएको बारम्बारको धम्किलाई वेवास्ता गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले सिन्डिकेट खारेज गरी नयाँ युगको शुरुवात गरेको छ । यसको कार्यान्वयनमा समेत सरकार प्रतिवद्ध रहेको देखिन्छ ।

वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापाले कुनै पनि हालतमा जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने बिषयमा पछि नहट्ने अडान लिइरहनु भएको छ । जसको प्रभाव अहिले देखिएको छ । कुनै पनि मुलूकको सरकार बलियो छ भने त्यो राष्ट्र आफैमा समुन्नत बन्छ । जसको उदाहरण हो, सिन्डिकेटधारी व्वसायीलाई निजि र यातायात कम्पनिहरुले गरेको खबरदारी ।

काठमाडौं उपत्यकाको स्थितिलाई हेर्दा सिन्डिकेटधारीले निजि र अन्य व्यवसायीका गाडिमा तोडफोड गरे, चालकलाई कुटपिट गरे तर, त्यहाँ राज्यको उपस्थिति हुँदा यो बिषय आफै सेलाएर गयो ।  राज्यले थेग्न नसक्ने भार र मनपरीतन्त्रलाई परास्त गर्न सरकार आफै प्रतिबद्ध रहेको देख्दा मुलुक समृद्धि तिर गएको देखिन्छ ।

समृद्धिको यात्रा

बारम्बार समृद्धिको रटान गरिरहेको ओली सरकारको यो पहिलो कदम जनताको प्रत्यक्ष हितमा देखिन्छ । नागरिक यतिसम्म जागरुग भएका छन् की, उनीहरुलाई राजनीति होईन, विकास र समृद्धि चाहिएको छ । शुक्रबार बिहानै देशैभर देखिएका दृष्यहरुले प्रष्ट पारेको छ, निजि यातायातका साधनले निर्वाध यात्रुहरुलाई सेवा दिइरहेका छन् ।

सरकारको अडान
सिन्डिकेट खारेज गरेको विरोधमा हड्तालको घोषणा गरेका व्यवसायीविरुद्ध सरकारले कठोर कदम चाल्दै शुक्रबार रुट इजाजत खारेज गर्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सार्वजनिक सवारीसाधन विनाकारण रोकेमा स्थानीय प्रशासनको सहयोगमा लगत संकलन गरी तत्काल रुट खारेज गर्ने बताउनुभयो । स्थानीय प्रशासनले लगत संकलन गरेर विभागलाई जानकारी गराए रुट खारेजीको प्रक्रिया अघि बढाउदै नयाँ रुट परमिट कामय गरिने छ ।

यातायात व्यवस्था विभागका अनुसार कुनै पनि रुटमा कम्पनी, फर्म वा सहकारीमा दर्ता भएर प्रक्रिया पु¥याएर आए एकै दिनमा अस्थायी रुट दिइनेछ भने स्थायी रुट विभागले अध्ययन गरेर दिने व्यवस्था समेत मिलाएको छ ।

यातायात व्यवस्था विभागले चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्दे्िशका २०६० संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…