नेपाली साहित्य विश्व साहित्य भन्दा अगाडि : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य बिश्व साहित्यभन्दा धेरै अगाडी भएको बताउनुु भएको छ । महाभारत र गीताको प्रसंग उल्लेख गर्दै प्रम ओलीले पाँचहजार बर्ष अगाडी यो साहित्य बन्दा बिश्व साहित्य कहाँ थियो भन्दै प्रश्न समेत गर्नु भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अयोजित संसददेखि संविधानसभासम्म पुस्तक बिमोचन कार्यक्रममा सो कुरा उहाँले बताउनु भएको हो ।

पुस्तकका लेखक पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आफ्नो पुस्तकले ईतिहासको एक कालखन्डको प्रत्यक्ष उजागार गरेको बताउनु भयो । संसदमा के हुन्छ ? संविधानसभा बन्दा देखि संविधान बन्दा सम्मको अवस्था के थियो आफुले जानेको बुझेको भोगेको कुरा आफुले ईमान्दार भएर लेखेको लेखक अधिकारीले बताउनु भयो ।

कार्यक्रममा पुस्तकका प्रकाशक एवम घोष्ट राईटिंग नेपालका अध्यक्ष कमले ढकालले नेपालमा आफुहरुले हरेक ब्यक्तीले पुस्तक देख्ने गरेको र लेखनमा सहयोग पुराईरहेको बताउनुभयो । आफुहरुले अध्यात्म , बिज्ञान , कला , शिक्षा , साहित्य , संस्कृति राजनीति लगायतका बिषयमा नेपाली समाजका दुई सय भन्दा बढी पुस्तक लेखिरहेको बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि पुर्व प्रधानमन्त्री लोकेन्द्र बाहादुर चन्दले भरत मोहन अधिकारीको पुस्तकले नेपाली साहित्य मात्र नभई नेपाली राजनीति पनि धनी भएको बताउनु भयो ।

कार्यक्रमका अर्का बिशिष्ट अतिथि पुर्व प्रधानमन्त्री माधव नेपालले भरतमोहन नेपाली वामपन्थी आन्दोलनको एक ऐतिहासिक दस्तावेज भएको र उहाँले लेखेको पुस्तक नेपाली राजनीतिक ईतिहासको लागि कोशे ढुंगा हुने बताउनु भयो ।
कार्यक्रममा अर्का बिशिष्ट अतिथि मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले लेखक र प्रकाशक दुबैलाई बधाई दिदै नेपाली समाजमा यस्तो पुस्तकको धेरै खाँचो रहेको र अझै लेखिनु पर्ने बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…