विकासका ठूलाठूला सपना गरिब जनताप्रतिको अपमान : भुषाल

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले सपना देख्नु असाध्यै राम्रो भएतापनि सपना देख्नका लागि सुतिरहनु चाँही काम नलाग्ने कुरा भएको बताउनु भएकाे छ । उहाँ भन्नुहुन्छ, ‘वस्तुगत सपनाले हामीलाई ठाउँमा पुर्याउँछ तर सपना नै सपनाको खात लगाएर कतै पुगिन्न । सिटामोल खान नपाएर ज्वरोले मान्छे मरिरहेका बेला ठूलाठूला सपनाका कुरा गर्नु गरिब र निमुखा जनताप्रति भयंकर अपमान हो ।’

जनता टेलिभिजनको कार्यक्रम किताबका कुरामा अशेष घिमिरेसँग कुराकानी गर्दै भुषालले भन्नुभयाे रेल, पानीजहाज सबै राम्रा कुरा हुन् तर ती आजको प्राथमिकता हुन् वा होइनन् त्यो छुट्याउन सक्नुपर्छ । आवश्यकता अनुसारका सपना र विकास परियोजनातर्फ ध्यान दिनुपर्ने उहाँको धारणा छ ।

राजनीति र विचारविनाको विकास नहुने भुषालको ठम्याइ छ । उहाँ भन्नुहुन्छ राजनीति, सिद्धान्त र मानवीयता भन्दा टाढा विकासका मात्र कुरा गर्नु निरर्थक हुन्छ । ‘दिक्क लाग्ने गरी’ आजको राजनीतिमा, मिडियामा विकासको ‘हनुमानचालिसा’ चढेको उहाँको निश्कर्ष छ । उहाँका अनुसार ‘निकै ठूलो कष्ट, पीडा र आँशुको बलमा श्रमको ठूलो तलाउमा फुलेको कमलको फूल हो विकास’ । उहाँ भन्न्ुहुन्छ, विकासले सुख मात्र दिएको छैन, इतिहासमा ठूल्ठूला दुख समेत निम्त्याएको भुल्न हुँदैन ।

कार्ल माक्र्सको जन्म दुर्इ शताब्दीका सन्दर्भमा माक्र्सका योगदानबारे चर्चा गर्दै उहाँले भन्नुभयाे, माक्र्सले पहिलोपटक मान्छेका लागि मान्छे महत्वपूर्ण छ  । यसैगरी माक्र्सले सँधै वाैद्धिक विमर्श र आलोचनात्मक चेतनाका लागि प्रेरित गरेको उहाँको भनाइ छ । उहाँ भन्नु हुन्छ आलोचना गाली होइन, आलोचना को अर्थ वस्तुगत हुने, प्रश्न उठाउने र उठेका प्रश्नहरुको आधारमा विश्लेषण गर्ने, निश्कर्ष निकाल्ने परिपाटी हो ।

उहाँले राजनीतिक नेतृत्वले समाज र मान्छे पढ्नुपर्ने बताउनु भयाे । पढेको नेता हुनु र नपढेको नेता हुनु स्वयम् नेता हुनु र नेता नहुनु जत्तिकै फरक कुरा भएको उहाँको भनाइ छ । उहाँ भन्नु हुन्छ, हामीकहाँ पढ्ने मानिसहरुलाई होच्याउने अपमान गर्ने र ठोस प्रश्न गर्नेहरुमाथि गाली गर्ने रोग छ । यस कारणले नपढ्नेहरु नेतृत्वमा पुगी आफ्नो अभिमान देखाउने, आफ्नो पावर देखाउने, धर्तीमा आँफुमात्र ठिक र जाति, आँफुमात्रै नेता भन्ने भ्रममा दौडिहेका हुन्छन् । यो धर्तीमा यस्ता लाखौँ करोडौँ नेताहरु आएको गएको कुरा तिनलाई हेक्का हुन्न । पावर भन्दा फरक अरु चिज पनि छ समाजमा भन्ने ति नपढ्नेहरुले बुझ्दैनन् । यसरी नपढेको लिडर फराकिलो र व्यापक नहुनेभएकाले क्रान्ति फाइदा पनि हुँदैन । उहाँले क्रान्तिको लागि पढेको फराकिलो र आँफैप्रति पनि आलोचक नेता चाहिने कुरामा जोड दिनुभयाे ।

भुषालले अहिले जनवादी क्रान्ति पुरा भएको र राजनीतिक आन्दोलनको अर्को च्याप्टर शुरु भएको बताउनु भयाे । भुषालले ‘च्याप्टर क्लोज’ भन्ने शब्दको दुरुपयोग गरी विरोधीहरुले आँफुलाई गलत हिसाबले लखेटेको पनि उल्लेख गर्नुभयाे । उहाँ भन्नुहुन्छ ‘यो च्याप्टर क्लोज, कुनै पागल कुकुरले लखेटिरहेको जस्तो लाग्थ्यो’ । क्रान्तिको दौरानमा राजनीतिको एउटा च्याप्टर क्लोज भएपछि अर्को च्याप्टर ओपन हुन्छ, तर राजनीतिकै च्याप्टर क्लोज भयो भन्नु नादान कुरा भएको उहाँको निश्कर्ष छ ।

भुषालका अनुसार माक्र्सले पढिसके, लेनिन माओले लेखिसके अब त किन पढ्ने हो? कति पढ्ने हो ? अब त गर्ने हो भनेर मानिसहरु, नेताहरु यथार्थभन्दा टाढा पुगेका छन् । तर फेरिपनि मानिसले कामका दौरानमा पढ्दै, ज्ञान आर्जन गर्दै, मानवसमाजमा त्यसलाई प्रयोग गर्दै प्रत्येक चोटी आँफूलाई नयाँ नयाँ बनाउँदै लाने कुरामा प्रयत्न गरिरहनुपर्ने भुषाल बताउनु हुन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…

प्रमोदकुमार साह जनकपुर । दोस्रो पटक नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार ऐतिहासिक, धार्मिक तथा साँकृतिक नगरी…