मोदीको नेपाल भ्रमण र त्यो नाकाबन्दी

राधिका जोशी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने कार्यतालिका सहित तेस्रोपटक नेपाल आउदै छन् । मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा संसदमा गरेको भाषणले निकै चर्चा र स्वागत पायो । लगत्तै २०७२ साल बैसाख १२ गते आएको बिनासकारी भूकम्प आउँदा पनि सबै भन्दा अगाडी भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने देश पनि भारत हो । तर नेपालले जारी गरेको संविधानलाई लिएर भारतले गरेको करिब ५ महिना लामो नाकाबन्दीले नरेन्द्र मोदीप्रति आम नेपालीको मन कुँडिएको छ । त्यो नाकाबन्दीले गर्दा मोदीप्रतिको सद्भाव एकाएक दुर्भावमा परिणत हुनपुगेको थियो । ‘ब्याक अफ इन्डिया’ र ‘ब्याक अफ मोदी’को नारा गुञ्जिएको थियो । बरु भोको पेट बस्ने तर आफ्नो स्वाभिमान नगिराउने नेपालीहरूको अडान, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र चीनसँंगको व्यापार तथा पारवहन सन्धीले गर्दा मोदी परास्त भए र अन्ततः नाकाबन्दी खुल्यो । नाकाबन्दीको दुःख अहिलेपनि नेपालीको मन मनमा छ । नाकाबन्दीले नेपालको विकास निर्माणलाई वर्षौं पछाडि पारेको स्मरण नै छ । ४ सय ५६ मेगावाटको तामाकोशी आयोजना २ वर्षपछि धकेलियो । रातभरि मानिसहरू डिजेल, पेट्रोल लिन लाइनमा बसे । यसरी भारतले नेपालमा ३ पटक नाकाबन्दी ग¥यो ।

आगामी २८ गते मोदी नेपाल आउँदै छन् । मोदीको नेपाल भ्रमणलाई लिएर सवैतिर चर्चा परिचर्चा भइरहेको छ । उनको स्वागतमा उनको भ्रमण कार्यतालिकामा रहेका स्थानहरुको निकै सजावट हुदैछ । तर मोदीको नेपाल आकर्षणलाई यतिबेला विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ । किनभने अहिलेसम्मको कार्यकालमा मोदीले एउटै देशको तीन तीन पटक भ्रमण गरेको रेकर्डमा छैन ।

राजनीतिक र कूटनीतिक असफलताको परिणती नाकाबन्दी हो कि होइन ? नेतृत्व जुँगामा ताउ लगाएर बस्ने अनि पीडित जनताले लाठी चलाएको भरमा सीमाको सुरक्षा हुन्छ ?

नेपालका प्रधानमन्त्रीको वर्षैपिच्छे जसो भारतको भ्रमण गर्ने परम्परा रहे पनि मोदी अघिका भारतीय समकक्षीले १७ वर्षसम्म नेपालमा पाइलो नटेकेको र दिल्लीबाटै नेपालमा कटाक्ष बोलिरहेकोे सन्दर्भले राष्ट्रवादी नेपालीको मुटुमा काँडाले घोचेको अनुभूति गराएकै हो । यता पछिल्लो समयको भारतीय नाकाबन्दी होस् या सीमाक्षेत्रमा देखिइरहने तनाव नै किन नहोस, सिकार बन्ने निरीह जनता नै हुन् । मुख्य कुरा यो हो की राजनीतिक र कूटनीतिक असफलताको परिणती नाकाबन्दी हो कि होइन ? नेतृत्व जुँगामा ताउ लगाएर बस्ने अनि पीडित जनताले लाठी चलाएको भरमा सीमाको सुरक्षा हुन्छ ? अहिले यावत प्रश्न मनमा खेलाउँदै मोदीको स्वागतमा जुटेक छन् नेपाली जनता । धर्ममा अटल आस्था र विश्वास राख्ने भारतीय प्रधानमन्त्रीको आउँदो भ्रमणले हाम्रा महत्वपूर्ण धार्मिक स्थलहरूको प्रसिद्धि अवस्य बढ्छ । उनकै भ्रमणको निहुँमा जनकपुरको काँचुली फेरिँदै छ । १० वर्षमा हुन नसकेकाले काम जनकपुरमा १० दिनमा भइरहेको छ । यता पशुपतिनाथ र मुक्तिनाथको प्रसिद्धी पनि उचाइमा पुग्ने नै छ । मोदीकै भ्रमणको सेरोफेरोमा सञ्चार माध्यमहरूले ३ वटै धार्मिक स्थलहरूको प्रचार–प्रसार अरू बढाउनसके आगामी दिनमा धार्मिक पर्यटकहरूको संख्या उल्लेख्य ढंगबाट बढ्ने निश्चित छ । तर मोदीका लागि नेपालीको मनमा हिजोका दिनमा जस्तो सम्मान नभएको कतिपयको भनाई छ ।

भारतको लगानी भएको जलविद्युत कम्पनीको मात्र ऊर्जा किन्ने तर अरू देशको लगानी भएको विद्युत नकिन्ने भन्ने भारतीय नीति परिवर्तन हुनुपर्छ । यसपालीको भ्रमणमा मोदीले नेपालीहरूको मन जित्ने हो भने भारतले कहिल्यै नाकाबन्दी नलाउने र सिमा विवाद हुने छैन भनेर प्रण गर्ने पर्छ ।

यसपालीको भ्रमणमा नरेन्द्र मोदीले आफूले लगाएको नाकाबन्दीप्रति प्रायश्चित गर्दै अब नेपालमा यस्तो अमानवीय नाकाबन्दी कहिल्यै गर्ने छैन भनेर सम्बोधन गर्नसके मात्र उनीप्रति पुनः नेपालीहरूको सद्भाव जागृत हुनसक्ने कतिपयको विश्लेषण छ । मोदीले बोलेरे हैन व्यवहारले नेपालको विकास निर्माणलाई साथ दिनसके मात्र उनी नेपालीको मित्र कहलाउन सक्छन् । नेपाललाई भारतको विशाल बजार निर्वाध रूपमा खुल्ला गरी व्यापार घाटा कम गर्ने कुरामा मोदी सहमत हुनसके मात्र उनीप्रति सद्भाव पलाउनेछ । भारतको लगानी भएको जलविद्युत कम्पनीको मात्र ऊर्जा किन्ने तर अरू देशको लगानी भएको विद्युत नकिन्ने भन्ने भारतीय नीति परिवर्तन हुनुपर्छ । यसपालीको भ्रमणमा मोदीले नेपालीहरूको मन जित्ने हो भने भारतले कहिल्यै नाकाबन्दी नलाउने र सिमा विवाद हुने छैन भनेर प्रण गर्ने पर्छ । अनि मात्र मोदी नेपाली जनताकालागि स्वागत योग्य हुनेछन् ।

यही बैसाख २८ गतेदेखि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुने कुरा समाचारमा प्रकाशित भइरहेको छ । मोदीको सुरक्षार्थ ६००० सुरक्षाकर्मी पनि खटाइँदैछ । यी बाहेक दुई देशबीच सम्बन्ध विस्तार, व्यापार बढाउने, सहयोग आदान–प्रदान गर्ने आदि बारेमा कुराकानी हुने पनि प्रायस् निश्चित छ । अब नेपाली पक्षले नयाँ कुरा उठाउनुपर्छ । त्यो हो, नेपालको मिचेको सीमा कसरी फिर्ता गराउन सकिन्छ ? यति हिम्मत गर्न सक्यो भने पनि नेपाली पक्षको ठूलो पुरुषार्थ हुन्छ । केही दिनअघि कञ्चनपुरको पुनर्वास–९ बीच फांँटामा जंगली जनावरबाट सुरक्षा गर्न आफ्नो भूमिमा स्थानीयहरूले विद्युतीय तार लगाउँंदा भारतीय एसएसबीरसुरक्षादलले अवरोध खडा गरी उखेलेर फाले । नेपाल–भारत सीमामा भारतीय पक्षद्वारा गरिने यस्ता कार्य बेला–बेला समाचारमा प्रकाशित भइरहन्छ । तर विडम्बनाको कुरा के छ भने नेपाल सरकार यस्ता घटनाको सन्दर्भमा भारतीय पक्षसमक्ष एक शव्द पनि बोल्न सक्दैन । बरु स्थानीयहरू नै आफ्नो ज्यानको पर्वाह नगरी प्रतिकारमा उत्रन्छन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…

प्रमोदकुमार साह जनकपुर । दोस्रो पटक नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार ऐतिहासिक, धार्मिक तथा साँकृतिक नगरी…