टर्कीमा नेपालका दुई बालिकालाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । टर्कीमा आयोजित अन्तर्राष्ट्रिय फेस्टिबल मोडल एण्ड ट्यालेन्ट वर्ल्ड २०१८ मा नेपालका २ बालिका पुरस्कृत भएका छन् । केही दिनअघि आयोजित ट्यालेन्ट वल्र्डमा फुंगनाम लिम्बु र याङ्जी केसी पुरस्कृत भएका हुन् ।

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी ट्यालेन्ट वर्ल्डमा नेपालका बालिकाले सफलताको पाएको जानकारी दिएको हो ।

मर्निङ ग्लोरीका अनुसार ८ देखि ११ वर्ष समूहमा फुंगनाम बिजेता र ४ देखि ७ वर्ष  समूहमा याङजी उपबिजेता भएकी हुन्। याङजीले ब्युटिफुल स्माईल र मिस टुरिजमको टाइल समेत जितेकी छन् । इभेन्टको लागि जस्मिन गुरुङ र बिपासना खनालले करियोग्राफ गरेका थिए ।

मर्निङ्ग ग्लोरीकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्री तथा नेशनल डाइरेक्टर अनुप सक्सेनासहितको टोली टर्की पुगेका थिए । कार्यक्रममा प्रतिस्पर्धीले अाअाफ्ना राष्ट्रका पहिचान झल्कने भेषभुषासहितको प्रतिभा प्रस्तुत गरेका थिए ।

मर्निङ ग्लोरीका म्योजिङ डाइरेक्टर क्षेत्रीले नेपाली बालबालिका अन्तर्राष्ट्रिय प्रतियोगितामाा पुरस्कृत हुनु गौरवको बिषय भएको बताइन् । कार्यक्रममा पुरस्कृत फुंगनाम र याङजीले पहिलोपटक देश बाहिर सम्मानित हुन पाउँदा असाध्यै खुशी लागेको बताएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…