भारतसँगकाे डर लाग्दाे ब्यापार घाटा निरुत्साहित गर्नुपर्छ: झाँक्री

– रामकुमारी झाँक्री

सम्माननीय सभामुख महोदय!

माननीय अर्थमन्त्री ज्यूले
हिजो संसदमा प्रस्तुत गर्नु भएको विनियोजन विधेयक, २०७५ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा खास गरी नेपालको, गत निर्वाचनमा बाम गठबन्धनले अगाडि सारेको घोषणा पत्र, समकालीन समाज र विश्व परिस्थितिका चुनौतिहरूलाई आधार बनाएर नै धेरै विषयवस्तुहरू समेट्नु भएकोछ ।

सकारात्मक छन् र जनचाहाना बमोजिम आएका छन् । यसको लागि माननीय मन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहान्छु। प्रशंशा गर्न चाहान्छु ।

नेपालको ब्यापार सम्बन्ध कायम भएका विश्वका १४६ मुलुक मध्ये १२४ मुलुकसँग नेपालको डर लाग्दो ब्यापार घाटा छ । सबभन्दा बढी र डर लाग्दो ब्यापार घाटा भारतसँग छ। त्यसको उल्लेख्य अंश कृषिसँग सम्बन्धित छ । जुन हामीले निरुत्साहित गर्नैपर्छ।

बिनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकतामा थप समेट्नुपर्ने केही विषयहरूलाई सुझावको रूपमा राख्न चाहान्छु।

नेपालको ब्यापार सम्बन्ध कायम भएका विश्वका १४६ मुलुक मध्ये १२४ मुलुकसँग नेपालको डर लाग्दो ब्यापार घाटा छ । सबभन्दा बढी र डर लाग्दो ब्यापार घाटा भारतसँग छ। त्यसको उल्लेख्य अंश कृषिसँग सम्बन्धित छ । जुन हामीले निरुत्साहित गर्नैपर्छ।

यस्तो असन्तुलित ब्यापार घाटा कम गर्ने विषय प्राथमिकतामा परेको देखिएन । कृषि क्षेत्रमा मात्र पनि आत्मनिर्भर हुन सके उल्लेख्य ब्यापार घाटा घटाउन सकिन्छ। त्यसको लागि समग्र कृषि क्षेत्रको विकास, ब्यापार प्रवर्दन, ब्यवशायीकरण र आधुनिकीकरणका कार्यक्रमले उच्च प्राथमिकता पाउनुपर्छ। साथै कृषि बीमाको समेत कार्यक्रमले प्राथमिकतामा राख्नुपर्छ । हिजो अर्थतन्त्रको मेरूदण्ड कृषि थियो तर आज यसको साख गिरेको छ ।

कृषकले उत्पादन गर्छ, बजार पाउदैन, बजार पाए मूल्य पाउँदैन, मूल्य पाए भुक्तानी पाउँदैन । उत्पादन कष्ट हाई छ, तर कृषिमा बीमा छैन । यसबाट किसान सधै मारमा परेका छन् । यी विषयहरू बजेटको उच्च प्राथमिकतामा पर्नुपर्छ।

जनसंख्या शिक्षाको भाषामा यति बेला हामी “डोमोग्राफिक डेभिडेन्टको” अबस्थामा छौं। बिकासमा फड्को मार्ने यो ठूलो अबसर हो । यस्तो अबसरलाई हाम्रो बिकास र समृद्दीको कार्यक्रममा जोडिनुपर्छ। अब बिप्रेषणमा आधारित अर्थतन्त्र होईन GDP मा कृषिको योगदान बढाउने कार्यक्रम ल्याउनुपर्छ।

१५००देखि १८०० युवा जनशक्ति दैनिक पलायन हुन्छ। यसलाई रोक्ने कार्यक्रम ल्याउनुपर्छ। सायद यति ठूलो श्रम शक्तिलाई रोक्ने उपाय, पूर्वाधारको बिकास, कृषिमा आधुनिकीकरण, ब्यवशायीकरण र औघोगिक करण नै हो। त्यसको लागि सरकारले यसै वर्षदेखि सही बाटो समात्नसक्नुपर्छ आवश्यक नीति, कार्यक्रम ल्याउनुपर्छ।

बिनियोजन बिधेयकका धेरै प्राथमिकता मध्ये निर्माणधीन आयोजनाहरूलाई यथासिघ्र सम्पन्न गर्ने कार्यले नै प्राथमिकता पाउनुपर्छ। धेरै आयोजना थप्ने र कुनै पनि काम हुन नसक्नु भन्दा, निजगढ अन्तरार्ष्ट्रिय विमानस्थल र द्रुत मार्गलाई स्वदेशी लगानीमा चालु आर्थिक वर्षदेखि निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्छ। प्रदेशपिच्छे अन्तरार्ट्रिय बिमानस्थल आजको दिनमा हाम्रा कम प्राथमिकता हुन सायद । परिणाम निकाल्न सक्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्छ।

जति पनि कच्ची सडक र पूर्वाधार बनेकाछन तिनलाई कम्तिमा वर्षै भरी चल्न सक्ने अबस्थामा स्तर उन्नति गर्ने कुरा नै सरकारको प्राथमिकता हुनुपर्छ ।

बस्तुको मूल्य कति हो र कर कति हो उपभोक्तालाई यो थाहा पाउने हक़ छ । त्यसैले भन्सारमा प्रज्ञापन पत्र भरेको मूल्य सूचि सार्वजनिक गरी बस्तुको मूल्य सूची कायम गर्ने ब्यवस्था गरिनुपर्छ । यसबाट उपभोक्ता ठगिने र राजश्व मार्ने दुबै कुरालाई नियन्त्रण गर्छ।

आयोजनामा समयमा सम्पन्न नगर्ने बहाना बाजी गर्ने “भेरिएशन” को नाममा लागत बढाउने र ठूला आयोजनाहरू “सेतो हात्ती” जस्तो बनाउने प्रबृतिलाई निरूत्साहित गर्ने कडा निती लिनुपर्छ।

बस्तुको मूल्य कति हो र कर कति हो उपभोक्तालाई यो थाहा पाउने हक़ छ । त्यसैले भन्सारमा प्रज्ञापन पत्र भरेको मूल्य सूचि सार्वजनिक गरी बस्तुको मूल्य सूची कायम गर्ने ब्यवस्था गरिनुपर्छ । यसबाट उपभोक्ता ठगिने र राजश्व मार्ने दुबै कुरालाई नियन्त्रण गर्छ।

राजश्वको दायरा फराकिलो बनाउनुपर्छ । आज राजश्व मार्ने जुन प्रवृति छ निजी क्षेत्रको । त्यसलाई निर्मुल गर्न कसले कति किने र बेचें भन्ने विवरण दैनिक अपडेट गर्ने प्रणाली विकास गर्नुपर्छ । वित्तिय अनुशासन कायम गर्न काठमाडौ उपत्यका लगायत ठूला शहरहरूमा प्राथमिकताको आधारमा cash less कारोबार गर्ने नीति लिनुपर्छ ।

सरकारको पूँजीगत ख़र्च गर्ने क्षमाताको अभिवृद्दी गर्ने कुरा आएको छ । अर्को तर्फ सरकारका अन्तर मन्त्रालयको बीचको समन्वयको अत्यन्त अभाव छ।
बारबार हामीले देखेका सुनेका समस्याको उदाहरण हेरौँ किसानले उखुको मूल्य नपाएको वा नेपाली चिनीले बजार नपाएको यो समस्या कृषि, उधाेग र बाणिज्य मन्त्रालयसँग सम्बन्धित हुन्छ ।

हामी सबैलाई महसुस पनि भएको छ । यसप्रति सरकार कठोर बन्नुपर्छ। र सम्बन्धित निकाय र ब्यक्तिलाई जवाफदेही पनि बनाउनुपर्छ । बित्तीय अनुशासनहीनको कुरा महालेखा परीक्षकको प्रतिवेदन आफै बोल्छ । त्यसको नियन्त्रण गर्न वा निरुत्साहित गर्न ज़रूरी छ।

सुशासन पार्दशिता बिना शुखी नेपाली समृद्ध राष्ट्रको नारालाई साकार गर्न सम्भव छैन । त्यसको लागि आवश्यक नीति, कानुन र मेकानिज्म बलियो बनाउन ध्यान दिनुपर्छ।

अनि बीमाको कुरा छ:

वर्षमा ५०,०००/- सम्मको रू २,५००/- प्रिमियम तिर्ने जस्तो बेतुकको जुन स्वास्थ्य बिमा कार्यक्रमका छ त्यो ग़लत छ । सरकारले दिने कल्याणकारी रकम र कर प्रणाली प्रगतिशील बनाईनुपर्छ ।

कर योग्य आम्दानीमा निश्चित प्रतिसत कर लगाई पूर्ण स्वास्थ्य बिमा (Comprehensive Health Insurance) कार्यक्रममा लागु गर्ने निती लिनुपर्छ ।

बिनियोजन बजेटका सिद्धान्तहरू सामान्य त “जनसंख्या वा भूगोल”? भनेर द्वन्द सिर्जना गरेको देख्छु । नेपालको सन्द्रर्भ जनसंख्या र भूगोलको समन्यायिक अनुपातलाई नै बजेट बिनियोजनको सिद्धान्त बनाउनुपर्छ।

काठमाडौ उपत्याका लगायतका शहरी क्षेत्र र जनसंख्या ठूलो भएको ठाउँमा बिकासमाथि बिकास थोपर्ने, ओभरल्याप हुने तर कर्णाली लगायत पहाडी जिल्लाका जनता भाग्य भरोसामा प्रकृतिमा आश्रित बाच्ने अबस्थाको यो बामपन्थि सरकारले अन्त्य गर्नुपर्छ ।

यी विषयबस्तुहरूप्रति माननीय अर्थमन्त्रीज्यूले आगामी बजेटमा ध्यान दिनु हुनेछ भन्ने विश्वस सहित
धन्यवाद ।

संघीय संसदमा बिनियोजन बिधेयक २०७५ का शिद्दान्त र प्राथमिकता बारे छलफलको क्रममा राखेका सुझावहरू

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…

प्रमोदकुमार साह जनकपुर । दोस्रो पटक नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार ऐतिहासिक, धार्मिक तथा साँकृतिक नगरी…