बसन्त चौधरीको काव्यकृति “चाहतों के साये में” लोर्कापण, ७ स्रष्टा सम्मानित

काठमाडौँ । श्री लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको वार्षिक उत्सवको अवसरमा कवि तथा गीतकार बसन्त चौधरीको काव्यकृति “चाहतों के साये में” लोर्कापण गरिएको छ ।

साहित्यकला मन्दिरको वार्षिक उत्सव तथा २४औं स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत काव्यकृतिको लोर्कापण गरिनुका साथै नेपाली साहित्य र कला क्षेत्रका सातजना स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

स्रष्टा सम्मान अन्तर्गत गंगादेवी चौधरी स्मृतिसम्मानबाट आख्यानकार भागीरथी श्रेष्ठलाई नगद एक लाख एक रुपैयाँसहित सम्मानित गरिएको छ । यस्तै, अरनिको ललितकला सम्मानबाट कलाकार शशीकला तिवारी, सरस्वती सम्मानबाट कवि दुर्गालाल श्रेष्ठ, नारायणगोपाल संगीतसम्मानबाट संगीतकार शुभबहादुर सुनाम, इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट प्राध्यापक डाक्टर प्रेमकुमार खत्री, बालकृष्ण सम रंगसम्मानबाट अभिनेत्री मिथिला शर्मा बोहरा र नेपाल नवप्रतिभासम्मानबाट कवि तथा पत्रकार फूलमान बललाई नगद एकाउन्न÷एकाउन्न हजार रुपैयाँसहित सम्मानित गरिएको छ । सम्माति स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि कवि तथा गीतकार कालीप्रसाद रिजालले दोसल्ला आढाएर सम्मान गर्नुभएको हो । श्री लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले हरेक वर्ष नेपाली साहित्य र कला क्षेत्रमा जीवन समर्पित गर्ने स्रष्टाहरुलाई सम्मान गर्ने गरेको छ ।

यता कवि तथा गीतकार बसन्त चौधरीद्वारा लिखित काव्यकृति “चाहतों के साये में” को लोर्कापण गर्नुभएका वरिष्ठ कवि एवम् सामाजिक अभियान्ता रिजालले भन्नुभयो, “ साहित्यकला मन्दिरको स्रष्टाहरुलाई सम्मान गर्न परम्परा अत्यन्त प्रशंसनीय र उदहारणीय छ । यसले आफ्नो साधनाका क्षेत्रमा लाग्ने स्रष्टा–कलाकारहरुलाई ठूलो प्रोत्साहन मिलेको छ ।”

कृतिका लेखक बसन्त चौधरीले आफ्नो लोकार्पित कृतिबाट केही कविता वाचन गर्दै आफ्नो काव्यसिर्जनामा अविच्छिन्न लगाव रहेको कुरा प्रकट गर्दै आगामी दिनमा यस क्षेत्रमा अझ सक्रियतापूर्वक लागिरहने विचार व्यक्त गर्नुभयो । काव्यकृति हिन्दीसँगै अंग्रजी भाषामा समेत अनुवाद गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…