कक्षा ११ काे परीक्षा दिन हिडेका १६ विद्यार्थीलार्इ रणजोर खोलाले बगायो

खेम बम
काठमाडौं । आइतबार रातिदेखि भएको भारी बर्षाका कारण रामेछापको रणजोर खोलाले विद्यार्थी बगाएको छ । कक्षा ११ को परीक्षा दिन हिडेका १६ जना विद्यार्थीलाई खोलाले बगाएको हो ।

खोलामा पानीको वहाव बढेसँगै आएको बाढीले बगाएका १६ जना मध्ये १५ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

ती मध्ये ३ घाइते जनाको अवस्था गम्भीर  छ । भने एक जना अझै वेपत्ता रहेको प्रहरी निरीक्षक थापाको भनाइ छ । घाइते हुनेमा  १७ वर्षीया मनिषा पाण्डे, सोही उमेरकी जानुका बुढाथोकी र वर्ष १८ की निशा शाह  छन् ।

वेपत्ता भएकी वर्ष १७ की उस्मा फुयाँलको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । उनीहरु कक्षा ११ को परीक्षा दिन मन्थली उमावी भदौरे जाँदैगर्दा बाटोमा पर्ने रणजोर खोलाले बगाएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…