चीन र थाइल्याण्डसम्म पुग्छ नेपालमा बनेको आँखाको कृत्रिम नानी

अस्मिता रिजाल
इन्ट्राकुलर लेन्स मोतिबिन्दुको शल्यक्रियापछि बिरामीको आँखामा राखिने यो कृत्रिम लेन्स हो । विश्व बजारमा अमेरिकी लेन्सले वर्चस्व जमाइरहेका बेला नेपाली विज्ञहरुको अवधारणा जन्मियो की हामी आफ्ना लागि आफैँ इन्ट्राकुलर लेन्स उत्पादन किन नगर्ने ? विभिन्न चरणमा संभाव्यताको अध्ययन गरेपछि अवधारणाले साकार रुप पायो । अनि सन् १९९६ बाट दुई प्रकारका लेन्स उत्पादनकार्य सुरु भयो । उत्पादनको छोटो समयमै नेपाली इन्ट्राकुलर लेन्सले अन्तरराष्ट्रिय बजारमा निकै राम्रो स्थान पाउन सफल भयो । अमेरिकी लेन्सको तुलनामा १८० डलर नै मूल्य कम भएपछि नेपाली लेन्सको प्रयोगले झनै व्यापकता पायो ।

त्यतिमात्रै होइन सन् २०१२ मा अष्ट्रेलियाको मेलबर्न विश्वबिद्यालयले गरेको इन्ट्राकुलर लेन्सको प्रयोग सम्बन्धि अध्ययनमा समेत नेपाली लेन्सको गुणस्तरले अन्तरराष्ट्रिय मापदण्ड अनुसार पुरा अर्थात् १० मा १० अंक पाउन सफल भएको थियो । यसले नेपाली उत्पादन प्रतिको विश्वसनियता मात्रै बढाएन अन्य समग्र चिकित्सा क्षेत्रलाइ नै प्रेरणा प्रदान ग¥यो ।

हाल बर्षिक ३ लाख ५० हजारको सङ्ख्यामा उत्पादन हुने दुई प्रकारका बेसिक र प्रिमियम लेन्सले नेपाली बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ । अनि १०० जनशक्तिलाई रोजगारी दिएको छ । यो सङख्यामा लेन्स उन्पादन गर्न बाषर््िाक २२ करोड लगानी लाग्छ तर नेपाल सरकारले भने उत्पादनको २२ बर्षपछि पहिलोपटक १० करोड आर्थिक सहयोग गरेको छ । सरकारको साथ र सहयोग पाए नेपालमा विदेशी लेन्स आयात गर्नु नपर्ने प्रतिष्ठानको दावी छ ।
संभाव्यता अधिक छ तर स्रोत सिमित । तर उपलब्ध स्रोत र साधनको सदुपयोग अनि दक्षतालाई होस्टेमा हैँस्टे गर्ने हो भने असंभव पक्कै छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…