सुदूरपश्चिमको पर्यटन प्रवर्दन गर्न सोट्टोले थाल्यो खप्तड यात्रा

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर सुदूरपश्चिमको प्रवर्दनात्मक कार्य शुरु गरेको छ ।

वैशाख ३० गते कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुर लगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले  प्रवर्दनfत्मक अभियान अगाडि बढाएको हो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले आन्तरिक पर्यटनको प्रवर्दनfत्मक कार्य अगाडि बढाएको हो ।  अभियानले शुक्लाफाँटा–नालापानी–खप्तडको पर्यटकीय सम्पदाको उजागर गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यहाँका पर्यटकीय गन्तव्यस्थलको प्रवर्दन एवं प्रचार प्रसार गर्नेछ ।

सुदूरपश्चिममा रहेको पर्यटकीय गन्तव्यस्थलको प्याकेज तयार गरी अभियानले आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटकलाई बढीभन्दा बढी सुदूरपश्चिममा ल्याउने लक्ष्य लिएको अभियानका संयोजक एवं सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्काले जानकारी दिनुभयो । उनले यस अन्तर्गत कञ्चनपुर–बझाङ–अछाम–कैलालीलाई एकसाथ प्रवर्दन गराएर अगाडि बढाउने बताउनु भयो ।

स्थलगत अध्ययन भ्रमणमा रहनु भएका नेकपा एमाले पर्यटन  विभाग प्रमुख सूर्य थापाले भारतीय पर्यटकलाई सुदूरपश्चिमसँगमा ल्याएर प्रशस्त आम्दानी गर्न सकिने बताउनु भयो ।  पर्यटन विभाग प्रमुख थापाले सुदूरपश्चिमका पर्यटकीय पूर्वाधार विकासमा जोड दिन स्थानीय तहका प्रमुख तथा पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले पर्यटन स्वयंसेवा नभएको भन्दै यस व्यवसायमा रकम लिएर सेवा दिनुपर्ने बताउनु भयो । साथै पर्यटकलाई बेच्न सकिने धेरैभन्दा धेरै ठाउँको विकास गर्न र एक अर्कालाइ एक आपसमा जोड्न पनि उहाँले पर्यटन व्यवसायी र स्थानीय तहका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

स्थलगत भ्रमण अभियानलाइ स्वागत गर्दै हान कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले सुन्दर सुदूरपश्चिम नारामात्र नभएर पर्यटक लोभ्याउने भर्जिन गन्तव्य भएको बताउनु भयो । उहाँले घुम्न आउने पर्यटकलाई सबै किसिमको सेवा सुबिधा दिन सुदूरपश्चिम तयार रहेको पनि बताउनु भयो । यस्तै भिमदत्त नगपालिकाका मेयर सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका मेयर अशोक चन्द लगायतले पर्यटकीय गुरुयोजना बनाएर सुदूरपश्चिमका गन्तव्यहरुको विकासमा स्थानीय सरकार लागिपरेको बताउनु भएको छ ।

स्थलगत भ्रमण अभियानमा पर्यटन विभाग प्रमुख थापासहित सोट्टो–नेपालका पूर्व अध्यक्ष यमबहादुर खड्का, महासचिव नारायण पराजुली, कोषाध्यक्ष मानबहादुर शाही, सदस्यहरु भुवनदेवी महर्जन, इन्दिरादेवी गौतम, विन्दु प्रधान, सुशिल नेपाल, पर्यटन पत्रकार संघ (जाट–नेपाल) का महासचिव हरिशरण न्यौपाने, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर ७ का संयोजक महेश भट्टराई, एनएमए साईपाल शाखाका महासचिव किशोर खड्का, फोटो पत्रकार जनार्दन अर्याल, पत्रकारद्धय बिपी अनमोल र प्रकाश शाह लगायत सहभागी छन् ।

भ्रमण समूहले भारतको हरिद्धार, ऋषिकेषका पर्यटन व्यवसायीसँग अन्तक्रिया गर्दै नेपालको शुक्लाफाँटा हुँदै खप्तडसम्मको भर्जिन पर्यटकीय गन्तव्य हेरेर आनन्द लिन आग्रह गर्दै यतिबेला भारतका पर्यटन व्यवसायीसँग अन्तक्रिया गर्न भारतको उत्तराखण्डमा रहेको हरिद्धार पुगेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…

प्रमोदकुमार साह जनकपुर । दोस्रो पटक नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार ऐतिहासिक, धार्मिक तथा साँकृतिक नगरी…