काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् । सो खेल वेष्ट इण्डिजविरुद्ध हुनेछ ।
यो खेल ३१ मेमा इंगल्याण्डको लर्डसमा हुनेछ । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् ।
किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।
खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष हुरिक्यान आँधीका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ ।
आईसीसी ‘वर्ल्ड ११’ मा परेको जानकारीपछि प्रतिक्रिया दिँदै सन्दिपले भनेका छन्, ‘वेस्ट इन्डिजविरुद्ध खेल्न आईसीसी ‘वल्र्ड ११’ मा परेर मलाई निकै खुशी लागेको छ । यो नेपाल र नेपालका सबै क्रिकेट समर्थकका लागि खुशीको कुरा हो । यसले नै अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको खुबीलाई पनि प्रस्ट पार्नेछ ।’
‘आफूले टेलिभिजनमा मात्र देखेका खेलाडीसँग डे्रसिङ रुम सेयर गर्ने, अभ्यास गर्ने र खेल्ने मौका मेरा लागि ठूलो छ । यो अवसरको फाइदा उठाउँदै म धेरै कुरा सिक्नेछु’ उनले आईसीसीसँग भनेका छन् ।