मिना बुढाथोकी सल्यान । सल्यानमा सञ्चालित बिजय लघु जल बिद्युक्त खर्चिलो बन्दै गएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १२ बाफुखोलामा सञ्चालन गर्दै आएको १७ किलोवाट क्षमता भएको बिजय लघु जल बिद्युक्त खर्चिलो बन्दै गएको हो । स्थानिय मुलखोला, उमखोली र मुर्केखोलीको पानी संकलन गरेर २०६६ सालमा निर्माण शुरु गरिएको परियोजना २०६८ सालमा सम्पन्न भएको थियो ।
तीन लाख लिटर पानी जम्मा गर्ने पानीटंकी निर्माण गरेर नब्बे डिग्री कोणमा १ सय ८१ मिटर लामो पाईप बाट पानी ल्याएर मेसेनरी सामानहरुमा जडान गरिएको थियो । यस बिद्युक्त परियोजनाले यहाँका ओख्रेनी, चौरडाँडा, देउपुरीडाँडा, दोभानबजार, जंगले आदी गाँउका २ सय २० घरधुरीले बत्ती बालिरहेका छन् ।
ओख्रेनीका स्थानिय गुमाण डाँगीले पछिल्लो केही बर्ष यता यस परियोजना खर्चिलो बन्दै गएको बताए । उनले मासिक २ सयका दरले बिद्युक्त महशुल तिर्ने गरेको बताए । ‘केन्द्रिय लाईन भएको भए महशुल कम तिर्नु पथ्र्यो, महशुल महंगो भए पनि टिभि, कम्प्यूटर चलाउन पाईन्थ्यो, यसले त केही चलाउन पाईदैन्, बत्ती बाले पनि २ सय, नबाले पनि २ सय तिर्नु पर्छ’— उनले भने । उनले घरमा बत्ती बाल्न, मोबाईल चार्ज गर्न तथा छोराछोरीहरुलाई उज्यालोमा पढ्नलेख्न मात्रै सजिलो भएको बताए ।
शुरुमा नयाँ सामान भएकाले धेरै मर्मत गर्नु नपरे पनि अहिले बेला बेलामा सामान बिग्रीने भएकाले मर्मत गरिरहनु पर्ने बाध्यता रहेको परियोजना अप्रेटर गौरीलाल वलीले बताए । खोलामा पानीको समस्याका कारण दैनिक १२ घण्टा मात्रै लाईन छोड्ने गरेको उनले बताए । ‘साना समस्याहरु उपभोक्ताहरुले उठाएको बिद्युक्त महशुल बाट मर्मत गछौँ, ठूलो समान बदल्नु प¥यो वा मर्मत गर्नुप¥यो भने उपभोक्ताहरु बाट पैसा उठाउछौँ, केही समय अगाडी जेनेरेटर बिग्रीयो, मर्मत गरेर सञ्चालन गरेका छौँ, समितीको खातामा पैसा छैन’ उनले भने— ‘अहिले यो परियोजना खर्चिलो बन्दै गएको छ ।’
बर्षायाममा १० किलोवाट बिद्युक्त उत्पादन हुने गरकोमा अहिले पानीको कमीका कारण ५ किलोवाट मात्रै उत्पादन भैरहेको उनले बताए । तत्कालिन जिल्ला बिकास समिती, गाउँ बिकास समिती, बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्र, गरिबी निबारण कोष र सांसद बिकास कोषको ५८ लाख रुपैँयाको लागतमा यो परियोजना सम्पन्न भएको थियो ।