नेपाली कांग्रेस धनुषामा बिबाद, बिमलेन्द्र निधीले हस्तक्षेप गरेको गम्भीर आरोप

प्रमोद कुमार शाह
धनुषा । नेपाली कांग्रेस धनुषाको अधिवेनमा सहमीतको नाममा जवरजस्ती पदाधिकारी चयन गरेको भन्दै नेपाली कांग्रेसका सदस्य तथा सभापतिका प्रत्यासी रामपल्टन साहले विरोध जनाएका छन ।

साहले वुधवार वेग्लै पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, केन्द्रीय सदस्यहरु रामकृष्ण यादव, महेन्द्र यादव, आनन्द ढुंगाना र निर्वतमान सभापति रामसरोज यादवले हाउसको जनादेश विपरित जवरदस्ती आफु खुसी गरेर सर्वसहमती भएको घोषणा गरेको आरोप लगाएका छन । उनले हाउसको जनादेश विपरित निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले समेत केन्द्रिय नेताको प्रभावमा परेर निर्वाचन परिणाम अलोकतान्त्रिक तरिकाले घोषणा गरेको समेत आरोप लगाएका छन् ।

सभापतिका प्रत्यासी साहले उपसभापतिको मनोनयन सभापति सहितको निर्वाचित कार्यसमितिबाट हुनुपर्नेमा निर्वाचन अधिकृतले अवैधानिक तरिकाले उपसभापतिमा सन्तोष यादवलाई निर्वाचित गरेको र आफूले सहमतिको नाममा पेलेर नजानुपर्ने भन्दै विरोध जनाउँदा पनि जवरजस्ती निर्वाचन घोषणा परिणामको घोर भर्तसना समेत गरेका छन । उनले उपसभापति विमलेन्द्र निधीमाथि आरोप लगाउँदै आफनो उम्मेदवार पराजय हुने सुनिश्चित देखेपछि लोकतान्त्रिक विधिलाई चीर हरण गरेर चरम अधिनायकवादी शैली प्रस्तुत गरेको समेत आरोप लगाएका छन् । उनले अधिवेसनमा तत्कालका कार्यसमितिले आफनो कार्यकालको प्रगति प्रतिवेदन पेश गर्नुका साथै भावी योजना, नीति तथा कार्यक्रमहरुको प्रतिवेदन पेश गरेर वन्द शत्रमा व्यापक छलफल हुनुपर्नेमा केही पनि नगरिएको भन्दै भ्रष्टाचारलाई ढाकछोप गर्ने कार्य गरिएकोले पुनः जिल्ला अधिवेसन गराई सम्पुर्ण प्रक्रिया वन्दशत्र वाट पुनः सुचारु गराउन माग समेत गरेका छन ।

त्यसैगरि पत्रकार सम्मेलनमै उपस्थित भएका नेपाली कांग्रेसका जिउदो सहिदबाट चिनिएका नेता ललन चौधरीले प्रजातन्त्रको मर्म भएको ठाउ जनकपुरधाम रहेको र शहिदहरुको शहादतलाई १३ औ जिल्ला अधिवेसनमा उनिहरुले पोकेटमा राख्ने काम गरेको आरोप लगाउदै यसको न्याय जनताले दिने वताए ।

अर्का नेता युवराज खातीले जवरजस्ती औठा छाप लगाउन लगाएर दुषीत राजनीत गर्ने प्रयास गरेको वताउदै हाउसको अधिकारलाई बाइपास गर्दै लोकतान्त्रिक मुल्य मान्यताको धज्ज्यिा उडाउदै पार्टीलाई कव्जा गर्ने रणनीति स्वरुप वैइमानीमा ओर्लेको समेत आरोप लगाए ।

जिल्ला अधिवेसनमा मंगलवार भएको उम्मेदवारी दर्ता प्रक्रियामा सभापतिमा महेशशंकर गिरी, रामपल्टन साह, विशेश्वर यादव र सन्तोष कुमार यादवले उम्मेदवारी दिएका थिए भने सचिव पदका लागि गणेश यादव, धिरेन्द्र कुमार झा, प्रदीप कुमार यादव, सुधिर कुमार गोइत र श्रीराम साहले उम्मेदवारी दिएका थिए । त्यसैगरि कोषाध्यक्ष पदका लागि उत्तिम प्रसाद मण्डल, बुधु यादव, राज कुमार साह, राजलाल महतो र राम स्वार्थ कापरले उम्मेदवारी दिएपनि सभापति पदका लागि उम्मेदवार वनेका वाटै सभापति, उपसभापति र सचिवलाई सर्वसम्मत गरिएको छ भने कोषाध्यक्षको पद जना उम्मेदवार मध्ये एक जनालाई कोषाध्यक्ष वनाएको छ ।

सर्वसहमतिद्वारा चयन भएको धनुषाको नव कार्यसमितिमा सभापतिमा महेश संकर गिरी उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई सर्वसम्मतिले निर्वाचित गरेको छ भने वुधवार नै पदहस्तान्तरण तथा प्रमाणपत्र वितरण गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…