भानु, भीरकोट र लक्ष्मीनियामा मेगा बैंकको शाखा बिस्तार

काठमाडौँ । मेगा बैंकले थप तीन ठाउँमा शाखा बिस्तार गरेको छ । देशभर शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगाले हालै तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तार गरेको हो ।

बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले तनहुँ जिल्लाको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको हो । स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा छन् भने तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको मेगा बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नीति अनुसार मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । एक सातामा मेगा बैंकका ८ वटा शाखाहरु थप भएका छन् । गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा विस्तार गरिएको थियो ।

मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…

प्रमोदकुमार साह जनकपुर । दोस्रो पटक नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार ऐतिहासिक, धार्मिक तथा साँकृतिक नगरी…