सन्दिप लामिछानेको छलाङ्ग : फेरी एतिहासिक खेल खेल्दै

रेखा शाही

काठमाडौँ । इन्डियन प्रिमिएर लिग क्रिकेटको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि अन्तराष्ट्रिय चर्चामा रहेका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टिममा परेका छन् ।

आइसीसीले प्रेस बिज्ञप्ती जारी गर्दै एकपछि अर्को अवसरलाई पछाइरहेका नेपालका सन्दीप लामिछानेलाई वेस्ट इन्डिजविरुद्ध खेल्ने विश्व ११ टिममा समाबेश गरेको उल्लेख गरेको छ । गतवर्ष आँधीका कारण वेस्ट इन्डिजमा भत्कीएका पाँच रङ्गशालाको पुनर्निर्माणका लागि रकम सङकलनका आयोजना गर्न लागिएको खेलमा सन्दीपले मौका पाएका हुन । उक्त प्रतियोगितामा बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका छन् ।

आइसीसीका अनुसार सकिबको ठाउँमा खेलाडी छान्न बाँकी छ । टी–२० फर्मेटमा हुने खेल इङ्ग्ल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा आगामी मे ३१ तारिखमा हुनेछ । सन्दीपका लागि ऐतिहासिक रहेको खेलको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गनले गर्दैछन् । विश्व ११ टोलीमा लामिछानेसँगै पाकिस्तानका शाहिद अफ्रिदी र शोएव मलिक, बंगलादेशका तमिम इकवाल, भारतका दिनेश कार्तिक र हार्दिक पाण्डे, अफगानिस्तानका रशिद खान, न्यूजिल्यान्डका मिचेल म्याक्लिनगन र लुक रोन्ची तथा श्रीलङ्काका थिसरा परेरा छन् ।

सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका छन् । सन्दीपले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध डेब्यु खेलमा नै ४ ओभर बलिङ गर्दै मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए । डिभिजन २ र विश्वकप छनोटमा उत्कृष्ट खेल देखाएका सन्दिपले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेर नेपाली क्रिकेटमा इतिहास बनाइसकेका छन । उनी वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा पनि अनुबन्धित छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…