ए डिभिजन लिग असोज १३ गतेबाट शुरु हुने

काठमाडौँ । अखिल नेपाल फुटबल संघले ए डिभिजन लिगको मिति घोषणा गरेको छ ।

आज बसेको नयाँ कार्यसमितिको बैठकले तीन बर्ष देखि रोकिएको ए डिभिजन लिग असोज १३ गतेबाट गर्ने निर्णय गरेको हो । एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति गरेको छ । माघ १६ गतेसम्म संचालन हुने लिगमा ३ बिभागिय क्लब त्रिभुवन आर्मी, पुलिस र एपिएफसहित थ्रीस्टार, मनाङ् मस्र्याङ्दी, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम एनआरटी, ब्रिगेड ब्वाइज क्लब, हिमालयन शेर्पा क्लब, संकटा र फेन्ड्न्स क्लबगरी १४ टिम सहभागी हुनेछन् ।

लिग कमिटीले सबै क्लबलाई बढीमा ३५ र कम्तिमा १८ खेलाडी अनुबन्धको स्वीकृति समेत प्रदान गरेको छ । प्रत्येक क्लबले बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र खेलमा बढीमा तीन जनालाई मैदानमा उतार्न सकिने प्रावधान बनाएको छ । ए डिभजन लिग २०७० सालयता हुन सकेको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…