प्रदेशस्तरीय भलिबलको उपाधी नेपाल पुलिस र एपीएफले जित्यो

रोल्पा । बिभागिय क्लब नेपाल पुलिस र एपीएफले प्रथम सभामुख कप अन्तर प्रदेशस्तरीय राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी जितेको छ ।

रोल्पाको लिवाङमा आज भएको पुरुषतर्फको फाईनल खेलमा नेपाल पुलिसले आर्मीलाई ३–१ को सेटमा हराउँदै उपाधी जितेको हो । पुलिसले आर्मीलाई पराजित गर्ने क्रममा पहिलो सेट २५–२१ ले जितेको थियो । दोस्रो सेटमा १७–२५ले गुमाएको पुलिसले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेटमा ३०–२८ र चौथो सेटमा २५–२३ ले जित्यो । महिलातर्फ शशस्त्रको एपीएफले बिभागिय टिम नेपाल पुलिसमाथी ३–० को सहज जित निकाल्दै उपाधि चुम्यो । एपीएफ पुलिसलाई २५–९,२५–८ र २५–२० को सहज जित निकालेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको बिजेताले दुबैतर्फका बिजेताले ३ लाख ५० हजार पुरस्कार पाए । उपबिजेता आर्मी र पुलिसले समान २ लाख सहित ट्रफि तथा मेडल प्राप्त गरेका छन । प्रतियोगितामा पुरषतर्फ पुलिसका कुलवहादुर थापा र महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…