मुलुकको परराष्ट्र नीति अपरिपक्वः नेता भट्टराई

तनहुँ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिकामा बुधबार उहाँले अपरिपक्वका कारण धेरै विदेशी चलखेल बढेको बताउनुभयो ।

“आन्तरिक मामिलामा सबै मिलेर अडान राख्न नसक्नु ठूलो कमजोरी नै देखियो” डा. भट्टराईले भन्नुभयो । मुलुकलाई विकास र समृद्धिमा अगाडि बढाउन सरकारले ठोस कार्यक्रम अगाडि बढाउनुपर्ने डा. भट्टराईको भनाइ थियो ।

उहाँले महर्षि वेदव्यास र भानुभक्तको जन्मभूमि तनहुँमा पर्यटकीय सम्भावना प्रशस्तै रहेकाले पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ भन्नुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरले यो वर्ष स्थानीय तहले निर्माण गर्ने आवश्यक ऐन नियम कानुन बनाएकाले आगामी वर्षदेखि त्यसलाई कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…