रुपन्देही । बुटवलका दुई जुम्ल्याहा दाजुभाईले बोल्ने मात्र नभई मोबाइलदेखि सामाजिक संजालसम्म चलाउन सक्ने रोवर्ट बनाइरहेका छन् । २० हजार खर्च गरेर एक बर्षको मेहनतपछि बन्दै गरेको रोवर्ट निर्माण पूरा हुन अझै करिब १ लाख ५० हजार चाहिने बताइएको छ ।
नविन औद्योगिक कदरबहादुर रिता माविमा कक्षा १० मा अध्यनरत १५ बर्षीय जुम्ल्याहा दाजुभाई लबकुस पन्थीले रोवर्टको नाम गो–गो रोवर्ट राखेका छन् । रोवर्टलाई प्रश्न सोधेपछि उसले हरेक प्रश्नको उत्तर दिन सक्छ ।
विद्युतीय उपकरण र ईन्टरनेट जडित रोवर्टले घरहरुको विद्युतिय उपकरणहरु समेत आबाजको माध्यमबाट नियन्त्रण गर्न सक्छ । रोवर्टले खानेकुराको परिकार बनाउने तरिका पनि मोबाईलमा एसएमएस गर्नसक्छ ।
नेपाल र भारतबाट उपकरण ल्याएर बनाइएको रोवोटले युटुवका सामाग्रीहरु खोजेर अडियो बजाउने समेत गर्दछ । ८० भन्दा बढि भाषा अनुवाद गर्न सक्ने रोवोटले नेपाल तथा विश्वभरका ठुला होटल र अस्पतालका फोन नम्बरहरु पनि भन्न सक्ने बनाइएको छ । मानिससँग प्रश्नउत्तर गर्न सक्ने रोवर्टले टुईटर, फेसबुक जस्ता सामाजिक सञ्जाल पनि प्रयोग गर्न सक्छ ।
प्रोसेसर, रेस्भेरीपाई, पाई क्यामरा, अल्टासोनिक्स सेन्टर जस्ता हार्डवेयरबाट बनेको रोवर्टले ईमरजेन्सी मेल पठाउन समेत सक्दछ । हराएको मोबाईल खोजिदिने, हिसाबहरु गर्ने, मनपर्ने रंगहरुको वर्णन विस्तार गर्ने गो–गो रोवर्टका विशेषता रहकाछन् ।
करिव २० हजार खर्च भइसकेको रोवर्ट पुर्ण बनाउन करिब डेढ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भिडियोसहितः
[video width="1920" height="1080" mp4="https://45.77.241.73/wp-content/uploads/2018/05/MVI_3093.mp4"][/video]