सरोज थापा
डोल्पा । हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे छ ।
तर केही लेकमा भने संकलन अनुमति पुर्जी नखुल्दा लेकमा पुगेकाहरु अन्यौलमा परेका छन् । सामुदायिक वनले यार्चा संकलन अनुमति कहिले खुलाउँछन् ? भन्ने ठेगान छैन । तर विभिन्न लेकमा संकलकहरुको घुइचो लागि सकेको छ ।
बहुमुल्य जडीबुटी यार्सा यहाँका अधिकाँश गाउँका बासिन्दाको जीविकोपार्जन बनेको छ । डोल्पामा यार्सा संकलन गर्न अन्य विभिन्न जिल्लाबाट समेत आउँछन् । रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, जुम्ला, नेपालगञ्ज, धादिङ्ग, रामेछाप लगायत जिल्लाबाट हजारौको् संख्यामा संकलनहरु लेक पसिसकेका छन् ।
शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले आफ्नो बन क्षेत्र (कोर एरिया) जगदुल्ला, कागमारा, घुनासा, मालुवाचौर, पुदुवा,टाङ्गटुङ्गे, प्यारीकोक्पा, सागरपाटन लगायत लेकमा भने संकलन अनुमति खुलिसकेको छ । तर मध्यवर्ती क्षेत्रका १० वटा वनले भने अहिलेसम्म संकलन अनुमति खुलाएका छैनन् ।
संकलकहरुले मध्य भेगका, पोेखेपानी, साइक्वारी, माझघारी, चारा, बागडाडा, रुप पाटन, ठागेलेख, कोला, ताचछीन, रहलेखको ग्यालबारा, माटे पटौटी लगायतका वनमा अनुमति पर्खिरहेको छमकुनि सामुदायिक बनका अध्यक्ष सुरेन्द्र महतले बताउनु भयो ।