हिसान शैक्षिक मेला शुरू

काठमाडौं । भृकुटीमण्डपमा  ‘हिसान शैक्षिक मेला’ शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार एक कार्यक्रमका बीच मेलाको उद्घाटन गर्नुभयो ।

४ दिनसम्म चल्ने मेलाले ‘उत्कृष्ट शिक्षा नेपालमै…’ भन्ने सन्देश दिने हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जानकारी दिनु भयो । मेला उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

मेलामा नेपालका उत्कृष्ट विद्यालयहरुका १ सय ५० वटा स्टल रहेका छन । ती स्टलहरुले नेपालको गुणस्तरीय शिक्षा, त्यसको स्तरीय पाठयक्रमबारे शिक्षा क्षेत्रमा चासो राख्ने सबैलाई विस्तृत जानकारी दिने हिसानको दावी छ ।

हिसानले विगत ५ वर्ष यता हरेक वर्ष शैक्षिक मेला आयोजना गर्दै आएको छ । यस वर्ष मेलामा २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…