कविता : “म भोको छु”

-सरिता श्रीस

यो बाटो हुँदै
उकाली चढने
तर ओराली नझर्नेहरु
भनिदेउ न मलाई
कस्तो हुन्छ मृत्युको सगरमाथा?

माटोका बिछ्यौनामा मस्त निदाएकाहरु
जलेर खरानी भएकाहरु
के भन्न सक्छौ
स्वर्गमा कतिजना रमाउदैछौ?
नर्कमा कतीजना छटपटिदैछौ?

के भन्न सक्छौ
गडेर स्वर्ग पुगिन्छ
या जलेर?

प्रत्यक बर्षको एकदिन
तिम्रो लागि खास परिकार बन्छ
मन पर्‍यो तिमीलाई
आलुकाक्रोको अचार?

प्रत्यक छाकको शुरुमा
तिम्रो नाममा छुटयाइएको
२/४ सीता भात
थोरै तरकारी
थोरै दालले
अघायौ तिमी?

ए मरेर जानेहरु
भनिदेउन तिम्रा प्रिय मान्छेहरुलाइ
जलेर या गडेर
जाने कहाँ हो कहाँ
कसैले पो जान्यो र?
स्वर्ग या नर्क
एउटै सत्य धर्ती हो
र,
यो पनि भनिदेउ कि
तिम्रो नाममा छुट्याइने खान्कीको
ठामसारी भएको छ
बाच्नेहरुका नाममा

म भोको छु
म बाचिरहेकोछु

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…