लोकेन्द्र प्रशाद जोशी
दार्चला । अपिहिमाल गाउँपालिकाको यार्सागुम्बा पाइने पाटनहरुमा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । पाटनहरुमा यार्सागुम्बा पाइन छोडेपछि संकलकहरु आफैले दश दिनको लागि संकलन बन्द गरेका हुन ।
जिल्लाको सबैभन्दा ठूलो क्षेत्र तथा बढि यार्सागुम्बा पाइने लोलु, रोखापु क्षेत्रमा जेठ १० गतेदेखि जेठ २० गतेसम्म यार्सा संकलन बन्द गरिएको छ । हिउँ पर्ने तथा हिउँ पग्लिएको क्षेत्रमा समेत यार्सागुम्बा पाइन छोडेपछि संकलन कार्य बन्द गरिएको अपि हिमालका स्थानीय हरिशचन्द्रसिह कार्कीले जानकारी दिए ।
विगतमा राम्रो यार्सागुम्बा पाइने क्षेत्रमा समेत यो बर्ष यार्सागुम्बा भेट्टाउँन मुस्कील भइरहेको संकलकहरुले बताएका छन । बिहान ७ बजेदेखि बेलुकी अबेरसम्म यार्सागुम्बा संकलन गरेपनि यार्सा नपाइएपछि संकलन बन्द गरीएको हो ।
गत बैशाख २० गतेबाट नै यार्सा गुम्बा संकलन शुरु गरिएको थियो । तर अहिले यार्सागुम्बा नपाइने भएपछि लोलुँसगै खण्डेश्वरीका घटट्ेखोला, क्षतिगाड लगायतका यार्सागुम्बा पाइने पाटनहरुमा समेत यार्सा संकलन बन्द गरिएको छ ।
खण्डेश्वरीको धरमघर घट्टेखोलामा यार्सागुम्बा नपाइने भएपछि संकलन हुने क्षेत्र १० दिनकालागी बन्द गरीएको छ । एकातिर जंगल फडानी भइरहेको छ, अर्कोतिर यार्सागुम्बा नपाइने भएपछि लेक बन्द गरिएको हो कार्कीले भन्ने यार्सागुम्बा नपाइने, हिमपात हुने गरेको कारण स्थानीयले काँचो रुख काट्ने क्रम बढेको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका मात्रै ७÷८ हजार यार्सा संकलनको लागि पाटन पसेका थिए ।