अदालतमा आज यस्तो सुनुवार्इ भो, भाइ मार्ने उसको आफ्नै दाइ रहेछ

 

– सुरजदेव श्रेष्ठ

” गजल”

कहिले हुरी कहिले बतास आइरहेछ
समयले पक्का केही बताइरहेछ

मेरो देश नबन्नुको यही कारण हो
केही नगर्नेको धेरै रजाइँरहेछ

आजैबाट मेरो खुकुरी म उध्याउने छु
धेरै भयो छिमेकीले जिस्काइरहेछ

अदालतमा आज यस्तो सुनुवार्इ भो
भाइ मार्ने उसको आफ्नै दाइ रहेछ

केही त सोच अब देशबासी हो
को जलिरहेछ को जलाइरहेछ

विद्वान को अहो कस्तो होड चलेको हो
आफू नाङ्गी अरुलाई नी नङ्गाइरहेछ

उनको जिब्रो काटिनुको रहस्य भेटियो
हर आवाजहरुमा सच्चारहेछ

कहिले हुरी कहिले बतास आइरहेछ
समयले पक्का केही बताइ रहेछ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…