सिद्धबाबा भीर: सिद्धार्थ राजमार्गको खड्को

नारायण भण्डारी/ स्थलगत अवलोकनबाट फर्केर

काठमाडाैं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा खस्ने पहिरोका कारण गण्डकी तथा धौलागिरिक्षेत्रकै जनजीवन प्रभावित भएको छ । सिद्धबाबाको भीरमा जाने पहिरो सडकयात्राको खड्को नै बनेको पाइन्छ ।

सिद्धबाबा भीरमा खस्ने पहिरो र पल्टेर आउने ढुंगाले गर्दा यस राजमार्ग भएर गरिने यात्रा, पर्यटन,व्यापार र अन्य मानवीय गतिविधि घटिरहेको सरोकारवाला बताउँछन् । सडकको जोखिमले गर्दा जिल्लाको पर्यटन गतिविधि प्रभावित भएको पाल्पावासीको भनाइ छ ।

विगत दश वर्षको अवधिमा सिद्धबाबाक्षेत्रको ३.५ किलोमिटर मार्गमा १सय १३ ठाउँमा पहिरो गइसकेको छ । पहिरोमा पुरिएर ७० जनाको मृत्यु भइसकेको छ । पहिरोले पुरिएर १९ बस, ८ ट्रक, ११ जीप तथा कार र २१ मोटरसाइकलमा क्षति पुगेको छ ।

देशका दुई विश्वप्रसिद्ध गन्तव्य लुम्बिनी र पोखरा हुँदै मुस्ताङ जाने यो मार्ग वर्षैंदेखि असुरक्षित छ । यात्रीहरु सिद्धबाबा भीरखण्डमा पुगेपछि पहिराको प्रहारमा परिने हो कि भनेर त्रस्त हुन्छन् । यो संकटसमाधानका लागि सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग आइरहेको छ ।

सडक निर्माणको नाममा देशभर जताततै भित्ता भत्काएर भीर बनाउनुभन्दा बहुसंख्यक जनताले प्रयोग गर्ने मार्गलाई स्तरीय बनाई यात्रा सुरक्षित तुल्याएर जनताको जीउधन जोगाउनु राज्यको प्रथम कर्तव्य हुने विकासविद्हरु बताउँछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…